logo

बजेटले पर्यटन क्षेत्रलाई सम्बोधन गरेन : पर्यटन व्यवसायिहरु

    1865   पटक पढिएको

१६ जेठ/अर्थ र व्यापार - अर्थमन्त्री कृष्ण बहादुर महराले आर्थिक वर्ष २०७४÷७५ का लागी सार्वजनिक गरेको वजेटले पर्यटन क्षेत्रलाई सम्बोधन नगरेको प्रतिक्रिया पर्यटन व्यवसायिहरुले दिएका छन ।

अर्थ र व्यापार संग कुरा गर्दै नेपाल पर्यटन वोर्डका सदस्य तथा पर्यटन व्यवसायि राजेन्द्र सापकोटाले नेपालमा कृषि,उर्जा र पर्यटन क्षेत्र लाई प्राथमिकताको क्षेत्र भनेर भन्ने गरिए पनि हिजो अर्थमन्त्रीले प्रस्तुत गरेको वजेटले पर्यटन क्षेत्रलाई छुँदै नछोएको वताए । “विमानस्थलको सुधार गर्ने भन्ने विषय बाहेक वजेटले पर्यटन क्षेत्रका कुनै पनि विषयवस्तु सम्बोधन गरेन,वरु अघिलो वर्ष भएका कार्यक्रमहरु पनि काटियो”सापकोटाले भने । बजेट हेर्दा यो मुलुकमा पर्यटन क्षेत्र पनि छ भन्ने जस्तो नलाग्ने उनको प्रतिक्रिया थियो ।

नेपाल योग एशोशयिसनका अध्यक्ष तथा टानका पूर्व महासचिव मोहन लम्सालले आर्थिक वर्ष २०७४÷७५ को वजेट पर्यटन क्षेत्रको लागी ईतिहासकै कालो वजेट रहेको वताए । वजेटले पर्यटन क्षेत्रको विद्यमान कुनै पनि समस्याहरु सम्बोधन नगरेको उनको भनाई छ । त्यसैगरी नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) का महासचिव भिम प्रसाद पन्तले वजेटले पर्यटन क्षेत्रलाई प्रत्यक्ष नछोएको वताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।