logo

लमजुङ जिल्लामा छ वटा पर्यटकीय योजना सम्पन्न

    1758   पटक पढिएको

६ साउन / अर्थ र व्यापार – आर्थिक वर्ष २०७३/७४ मा लमजुङ जिल्लामा छ वटा पर्यटकीय योजना सम्पन्न भएका छन् । दुईवटा भ्यू टावर, वैकल्पिक अन्नपूर्ण पदमार्ग मर्मत, बराहपोखरी पदमार्ग निर्माण, क्यानोइङ (छाँगाबरोहण) संरचना र तातोपानी कुण्ड मर्मतका योजना सम्पन्न भएका हुन् ।

अन्नपूर्ण पदमार्गमा रु २० लाख र बराहपोखरी पदमार्ग रु १० लाख खर्च गरिएको छ । अन्नपूर्ण पदमार्गमा मोटरबाटो बनेर पर्यटकलाई समस्या हुन थालेपछि वैकल्पिक पदमार्ग निर्माण शुरु गरिएको हो ।

जिल्लाको उत्तरी भागमा पर्ने पवित्र तीर्थस्थल बराह पोखरी पुग्न समस्या भएपछि पदमार्ग निर्माण गरिएको हो । पर्यटन योजनाअन्तर्गत उत्कृष्ट घरवास ‘होमस्टे’ काउलेपानीमा रु १० लाखको लागतमा भ्यू टावर निर्माण गरिएको छ । करापुमा समेत रु १५ लाखको लागतमा भ्यू टावर निर्माण गरिएको छ ।

ताघ्रिङस्थित स्याँगे झरनामा क्यानोइङ (छाँगाबरोहण) प्रवद्र्धनका लागि रु पाँच लाख खर्च भएको छ । अन्तर्रा्ष्ट्रिय क्यानोइङ महोत्सव गर्ने लक्ष्यका साथ उक्त संरचना निर्माण गरिएको हो । ताघ्रिङकै जगतस्थित तातोपानी कुण्ड सरसफाइ तथा संरचना निर्माणका लागि रु पाँच लाख खर्च गरिएको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।