logo

सगरमाथामा थुप्रिएको फोहोर संकलन गर्न नेपाल लाइफ र राउन्ड टेबल नेपालबीच समझदारी

    245   पटक पढिएको


१४ चैत/अथै र व्यापार – नेपाल लाइफ इन्स्योरेन्सले सगरमाथामा हुने फोहोर व्यवस्थापनका लागि लगानी गर्ने भएको छ । बिहीबार इन्स्योरेन्स र राउन्ड टेबल नेपालबीच सगरमाथामा थुप्रिएको फोहोर व्यवस्थापन गर्ने सम्बन्धी समझदारी भएको हो।
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
पराजुलीले सगरमाथा नेपालको मात्रै नभएर अन्तर्राष्ट्रिय सम्पत्ति भएकाले चुनौतीपूर्ण बन्दै गएको फोहोर व्यवस्थापनका लागि नेपाल लाइफले राउन्ड टेबल नेपालसँग सहकार्य गरेको बताए।
‘नेपालको पहिचानको रूपमा रहेको सम्पदामा आरोहणका क्रममा थुप्रिने फोहोरलाई काठमाडौंमै ल्याएरै रिसाइकल गर्ने योजना छ’, उनले भने, ‘जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई हेर हिमाली क्षेत्रमा मानवीय कारण थुप्रिरहेको फोहोर सफा गर्न नेपाल लाइफले यो इनिसियसन लिएको हो।’
पराजुलीले नेपाल लाइफले वैकल्पिक लगानी र लगानी विविधीकरणका लागि विभिन्न क्षेत्रमा लगानी गरिरहेको बताए।
राउन्ड टेबल नेपालका अध्यक्ष अग्रवालले फोहोर व्यवस्थापनका क्षेत्रमा संस्थाले काम गर्दै आएको बताए।
‘राउन्डटेबल नेपालले २५ वर्षदेखि वातावरण, स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था हो। हामीले अब प्रोजेक्ट केयरको माध्यमबाट विश्व सम्पदाको रूपमा रहेको सगरमाथामा हुने प्रदूषण नियन्त्रणका लागि नेपाल लाइफसँगको पार्टनरमा सफलता हासिल गर्नेछौँ। यसले नेपाल विश्वमा स्वस्थ वातावरणको रूपमा रहेको पहिचान गर्नेछ,’ उनले भने।
फोहोर व्यवस्थापनका लागि प्राविधिक पार्टनर सगरमाथा प्रदूषण नियन्त्रण कमिटी (एसपीसी) रहेको छ। एसपीसीले सोलुखुम्बुको खुम्बु क्षेत्रमा हुने प्रदूषण व्यवस्थापनका लागि तीन दशकदेखि काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।