logo

निगम सुधार गर्न उपसमिति गठन

    252   पटक पढिएको

२६ पुस/अर्थ र व्यापार – नेपाल वायुसेवा निगममा देखिएका समस्या अध्ययन गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालको संयोजकत्वमा उपसमिति गठन गरेको छ । निगमको सुधारबारे गठन भएको यो दसौं समिति हो ।
नेपाल वायुसेवा निगमबारे मंगलबार र बिहीबारको छलफलपछि समितिले नेपाल वायुसेवा निगम अध्ययन उपसमिति गठन गरेको हो । समितिमा कांग्रेसका सांसद योगेश गौचन थकाली, एमाले सांसद सुनीता बराल र माओवादी केन्द्रकी छिरिङ ल्हामु लामा (तामाङ) सदस्य छन् ।
उपसमितिलाई निगमका विदेशमा रहेका स्टेसनबाहेक अन्य छिमेकी राष्ट्रका वायुसेवा कम्पनीहरूबारे पनि अध्ययन गरेर निगमको सुधारबारे सुझाउन भनिएको छ । उपसमितिले समितिलाई एक महिनाभित्र अध्ययन प्रतिवेदन बुझाउनुपर्नेछ । निगम सुधार्न गठन भएको यो १० औं समिति रहेको समितिका सदस्य माओवादी केन्द्रका सांसद सुदन किरातीले जनाए ।
‘म पर्यटनमन्त्री हुँदा नवौं अध्ययन कार्यदल बनाइएको थियो । सो समितिले सुझाएका विषय कार्यान्वयन गर्न अर्को समिति पनि बनाइएको स्मरण गर्दै किरातीले भने, ‘हामी अध्ययन समितिमाथि समिति बनाउनेभन्दा भएका अध्ययनलाई कार्यान्वयन गर्न लागे निगमको हित हुनेछ ।’
यसअघि निगमको संरचनागत सुधारका लागि २०७९ चैतमा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति बनाइएको थियो । हवाई बजारको प्रचुर सम्भावना भए पनि निगम ५२ अर्ब ऋणमा सञ्चालित छ ।
व्यवस्थापकीय अस्थिरता, जहाजको अभाव, झन्झटिलो आर्थिक खरिद प्रक्रिया, महँगो कर्जा दर, राजनीतिक हस्तक्षेप, नवीनतम प्रविधिबारे ज्ञान नभएका कर्मचारीहरूको बाहुल्यलगायत कारण निगम आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा उपस्थिति गुमाउँदै आएको छ ।
निगमबारे २०५२ सालमा कल्याणदेव भट्टराईले पहिलो पटक श्वतेपत्र जारी गरेका थिए । त्यसयता निगमको अध्ययन गर्न हरेक सरकारले साना–ठूला अध्ययन समिति बनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।