logo

नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा, चालक अरुण मल्ल सहित ५ जनाको मृत्यु

    347   पटक पढिएको


२३ साउन/अर्थ र व्यापार – नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परि चालक अरुण मल्ल सहित ५ जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार सो हेलिकोप्टरका क्याप्टेन मल्ल सहित ५ जनाको शव निकालिएको छ । हेलिकोप्टरमा चार जना चिनियाँ नागरिक सवार थिए ।
एयर डाइनेस्टीको सो हेलिकोप्टर बुधबार दिउँसो सवा १ बजे काठमाडौंबाट स्याफ्रुबेंसी उडेको थियो । एयर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको सो हेलिकप्टर काठमाडौबाट उडेको केही समयमा नुवाकोटको सूर्यचौरमा पुगेपछि दुर्घटनामा परेको हो ।
नुवाकोटका एसपी शान्तिराज कोइरालाका अनुसार स्थानीयले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेको बताए । एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले केही समय अघिसम्म सो हेलिकोप्टर हराइरहेको जानकारी प्राप्त भएको बताएका थिए ।
पण्डितका अनुसार ४ जना चिनियाँ विदेशीलाई रसुवाको स्याफ्रुबेंसी छाडेर फेरि त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने गरी सो हेलिकोप्टर काठमाडौबाट उडेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झा ले जानकारी गराए अनुसार बुधबार दिउँसो १ बजेर १४ मिनेटमा उडेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।