logo

ल्याण्डमार्क भैरहवाले पायो तीनतारे होटलको मान्यता

    917   पटक पढिएको


६ असार/अर्थ र व्यापार– ल्याण्डमार्क भैरहवाले तीन तारे होटलको मान्यता प्राप्त गरेको छ । एल म्याग्रीफीको रिसोर्ट प्रालिले सञ्चालनमा ल्याएको ल्याण्डमार्क भैरहवाले पर्यटन ऐन २०३५ र र पथ प्रदर्शक नियमावली २०३८ अनुसार गत २१ जेठमा होटलको यो स्तर निर्धारण प्राप्त गरेको हो ।
पूर्वाधारका हिसावले चार तारेका लागि सबै सुबिधा उपलब्ध भए पनि १० वटा कोठा नपुगेका कारण तीन तारेको स्तर निर्धारण गरिएको पर्यटन विभागले जनाएको छ । चितवन, पोखरा र काठमाडौँमा ल्याण्डमार्क होटल सञ्चालन गरेर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको ल्याण्डमार्कले गत माघदेखि भैरहवामा नयाँ होटल सञ्चालनमा ल्याएको हो ।
रूपन्देही सिद्धार्थनगर नगरपालिका – ३ को सिंगापुर कोलनीमा ल्याण्डमार्क भैरहवा सुरू गरिएको र तीन तारे स्तर प्राप्त गरिएको ल्याण्डमार्क होटल सञ्चालन गर्ने सम्राट ग्रुपका प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेले जानकारी दिए । उनले तीनतारे होटलको स्तर पाएपछि अझै यस होटलमा ग्राहकको विश्वासनीयिता बढ्ने बताए । हाल यस होटलले ५० कोठासहित सेवा बिक्री गरिरहेको छ ।
पाण्डेले होटलमा आउने पाहुनाका लागि भैरहवा विमानस्थलसम्मको आउने र जाने यातायातको सुविधा समेत रहेको बताए । उनले बेलहिया नाकाबाट समेत होटलले यातायात सुविधा उपलब्ध गराइरहेको जानकारी दिए ।
यस होटलका कतिपय कोठाबाट रिभरभ्यू समेत देख्न सकिने छ । केही कोठामा सूर्योदयको पहिलो किरण बेडमा पुग्नेगरी होटलको निर्माण भएको छ । होटलमा कोरोना बार र कोटियार्ड लाउञ्ज समेत रहेको ल्याण्डमार्क भैरहवाका महाप्रबन्धक बसन्त पुरीले जानकारी दिए । उनले जर्मन प्रविधिबाट होटलको निर्माण भएको भन्दै यस्तो शैलीको तारे होटल नेपालमै पहिलो पटक तयार भएको जानकारी दिए ।
यस होटलमा आकर्षक स्वीमिङ पुलदेखि रूफटप बारसम्म रहेका छन । होटल समूहमा छुट्टै पहिचान बनाउँदै गरेको सम्राट ग्रुपले ल्याण्डमार्क फरेस्ट पार्क सौराहाको उत्कृट होटलको रूपमा सेवा दिइरहेको छ भने कास्कीमा ल्यण्डमार्क पोखराले पनि फेवातालको किनारबाट उत्कृष्ट सेवा दिइरहेको छ ।
हाल यो होटल आन्तरिक र बाह्य दुबै पर्यटकका लागि आकर्षण बन्दै गएको ल्याण्डमार्कले आगामी दिनमा नेपालका अन्य स्थानहरूमा समेत होटलहरू सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिरहेको सम्राट ग्रुपका प्रमुख कार्यकारी अधिकृत पाण्डेले जानकारी दिए ।
सम्राट ग्रुपले आन्तरिक पर्यटन प्रर्वधनमा जोड दिने सरकारको नीतिलाई साथ दिँदै नयाँ वर्ष र चाडपर्व लक्षित आकर्षक अफरहरू समेत दिने गरेको छ । विदा र चाडपर्वको समयमा घुम्न निस्कने आन्तरिक पर्यटकका लागि राहत दिने उद्देश्यले यस्तो अफरहरू सार्वजनिक गर्ने गरिएको र यसलले निरन्तरता पाउने प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए ।
ल्याण्डमार्कको एकमात्र उद्देश्य आफ्ना पाहुनाका लागि उत्कृष्ट सेवा दिने रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत पाण्डेले पर्यटकको रूची पूरा गर्न जुनसुकै समयमा पनि ल्याण्डमार्क काठमाडौँ, पोखरा, चितवन र भैरहवा तयार रहेको बताए । उनले सेवाको गुणस्तरमा कहिल्यै कुनै सम्झौता नहुने बताए ।
ल्याण्डमार्क होटल सञ्चालन गर्ने सम्राट ग्रुप अफ कम्पनी नेपालको पर्यटन क्षेत्रमा अग्रपंतिमा रहेको सो होटलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।