logo

सिमरा विमानस्थलमा हवाई इन्धन स्टेसन सञ्चालनमा, अब विमानले काठमाडौंबाट लैजान नपर्ने

    514   पटक पढिएको


१९ मंसिर/अर्थ र व्यापार – नेपाल आयल निगमले सिमरा विमानस्थलमा हवाई इन्धन स्टेसन सञ्चालनमा ल्याएको छ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले एक समारोहबीच हवाई इन्धन स्टेसन उद्घाटन गरि सञ्चालनमा ल्याएका हुन ।
कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानी, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, नेपाल नागरिक उ्डयन प्राधिकरणका उप महानिर्देशक प्रेमनाथ ठाकुर लगायतको सहभागिता रहेको थियो।
अबदेखि सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्युलिङ गर्ने काम हुनेछ। यसअघि सिमरामा हवाई इन्धन भर्ने सुविधा नहुँदा विमानले काठमाडौंबाट नै इन्धन भरेर जानु पर्ने बाध्यता थियो। अब सो बाध्यता हटेको छ ।
सिमरा विमानस्थलमा आन्तरिक सेवाका वायुसेवा कम्पनीहरु बुद्ध र यतीएयरले दैनिक करिब १० वटा उडान÷अवतरण गर्दै आएका छन् । हवाई इन्धन स्टेसन सञ्चालनले सिमरामा अब आपतकालीन उडान र अवतरणमा समेत निकै सहजता हुने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका उपमहानिर्देशक ठाकुरले सिमरामा इन्धन स्टेसन सञ्चालनले काठमाडौंमा मौसम खराब वा हवाई चाप हुँदा भैरहवा र विराटनगर मार्ग परिवर्तन गर्नुपर्ने अवस्था अन्त्य भएको बताए।
यस विमानस्थलमा दैनिक ४ हजार लिटर हवाई इन्धन खपत हुने निगमको विश्वास छ। हवाई इन्धन स्टेसनका लागि निगमले विमानस्थलमा ११ र १६ किलोलिटरका २ वटा रिफ्युलर तथा ९ किलोलिटरको ‘डिस्पेन्सर’ को व्यवस्था गरेको प्राधिकरणले जनाएको छ।
सिमरा विमानस्थलमा इन्धन भण्डारण ट्यांकको भने व्यवस्था छैन। सोही कारण जनकपुरमा रहेको डिपोबाट हवाई इन्धन ल्याइने प्राधिकरणले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।