logo

उडेको २० मिनेटमै एउटा इन्जिन फेल भएपछि श्रीएयरलाइन्सको विमान ‘इमर्जेन्सी ल्यान्डिङ, सबै यात्रु सकुशल

    637   पटक पढिएको


२५ फागुन/अर्थ र व्यापार – काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो लागेपछि इमर्जेन्सी ‘फोर्स ल्यान्डिङ’ गरिएको छ । साढे ७ बजे उड्नुपर्ने विमान ९ बजेर ३८ मिनेटमा भैरहवा उडेको थियो । उडेको २० मिनेटमा एउटा इन्जिन फेल भएको थियो। इन्जिन फेल भएको जानकारी चालक दलले यात्रुहरुलाई समेत गराएका थिए ।
सो विमानमा यात्रा गरिरहेकामध्ये शुभलक्ष्मी सिमेन्टका प्रमुख कार्यकारी अधिकृत राजाराम खड्काले इन्जिन फेल भएको जानकारी गराएपछि यात्रुबीच हल्लीखल्ली भएको बताउँदै रुवाबासी भएको बताए । उनका अनुसार उडेको केही समयमै विमानको दाहिने तिरको पखेटा चल्न छाडेको थियो।
विमान धादिङको थाक्रे नजिक पुगेपछि एउटा इन्जिन फेल भएको अनाउन्समेन्ट भएसँगै यात्रुहरुमा रुवाबासी चलेको बताउँदै उनले भने, ‘झण्डै २० मिनेट आकाशमा होल्ड गरेर इमर्जेन्सी ल्यान्डिङ गरियो।’
यात्रु खड्काका अनुसार विमानमा सवार सबै जना सकुशल छन्। हवाई सुरक्षा विभागले जहाजमा के भएको रहेछ भनेर प्राविधिक अनुसन्धान भएको थियोृ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार जहाज उडेलगत्तै दाहिने पट्टिको इन्जिनमा आगो लागेको थियो । यो घटनाका कारण विमानस्थलको नियमित उडान–अवतरण भने प्रभावित भएको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।