logo

ईयूले सार्यो नेपालको हवाई सुरक्षाको अडिट

    915   पटक पढिएको


८ माघ/अर्थ र व्यापार – नेपाली वायुसेवा निगमलाई आफ्ना सदस्य राष्ट्रहरूमा २०७० मंसिरदेखि लगाइएको निषेध (कालोसूची) हटाउने सम्बन्धमा यहाँको हवाई सुरक्षाको ‘अन–साइट’ मूल्यांकन गर्न नेपाल आउने कार्यक्रमलाई युरोपियन युनियनले सारेको छ ।
नेपालमा रहेको युरोपियन युनियन (ईयू) ले शुक्रबार विज्ञप्ति जारी गर्दै भर्खरै पोखरामा भएको यती एयरलायन्सको दुर्घटनाका कारण नागरिक उड्डयन प्राधिकरणसँगको आपसी सहमतिपछि अन–साइट मूल्यांकन हाललाई स्थगन गर्नुपरेको जनाएको छ ।
ईयूले गत १२ मंसिरमा एक विज्ञप्तिमार्फत हवाई क्षेत्र हेर्ने युरोपियन एभिएसन सेफ्टी एजेन्सीको महानिर्देशक (डीजीमूभ) नेतृत्वको टोलीले नेपालको हवाई क्षेत्रमा भएका पछिल्ला सुधारको मूल्यांकन गर्न चाँडै नेपाल आउने जनाएको थियो । तर, गत १ माघमा भएको यती एयरलायन्सको एटीआर विमान दुर्घटनाका कारण ईयू अहिलेलाई पछि हटेको हो ।
उसले अहिलको दुःखद् क्षण सामना गरिएको प्राधिकरणले घटना जाँच गर्न सरकारले गरेको अनुसन्धानलगायतमा सघाउनुपर्ने भएकाले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोगहरू पनि जारी रहने सो विज्ञप्ति मार्फत भनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।