logo

सरकारले बन्द गरिदियो मुलुकभरका सबै प्याराग्लाइडिङ उडान

    1011   पटक पढिएको

३० असोज/अर्थ र व्यापार – सरकारले मुलुकभरका सबै प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द (प्रतिवन्ध) गर्ने निणर्य गरेको छ ।
आइतबार बिहान गण्डकी प्रदेशको पोखरामा सञ्चालित नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलकै क्रमका आकासबाट खसेर निधन भएपछि सरकारले यस्तो निणर्य गरेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्मकालागि मुलुकभरका सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यस्तो जानकारी दिएका हुन ।
सुरक्षा व्यवस्थापनको विषयलाई लिएर अकस्मात गरिएको यो प्रतिवन्ध अर्को व्यवस्था नभएसम्मकालागि मुलुकभर मनोरञ्जनात्मक,व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको बताउँदै निरौलाले भने, ‘अब हामी प्याराग्लाइडिङ उडान सुरक्षाबारे सुक्ष्म अध्ययन गर्दैछौं ।’
आइतबारमात्र पोखराको सराङकोटमा राष्ट्रिय खेलकुद प्रतियोगिता खेलमा सहभागी एकजनाको प्याराग्लाइडिङ दुर्घटना निधन भएको थियो । त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको खेल प्रदर्शन गर्ने क्रममा आकासबाट खसेर मृत्यु भएको थियो । सोही घटनालाई लिएर आइतबार प्राधिकरणले मुलुकभरका सबै प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो ।
प्राधिकरणका प्रवक्ता निरौलाका अनुसार अब उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरुबारे समेत प्राधिकरणले अध्ययन गर्ने भएको छ । सोहीकारण तत्कालका लागि सबै उडान बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए ।
पछिल्लो समय देसका धेरै ठाउँमा साहसिक पर्यटकीय गतिविधी प्याराग्लाइडिङ खेलको विकास र विस्तार हुँदै जाँदा त्यसको सुरक्षा सम्बन्धी सवाल पनि पेचिलो बनेको छ । अझै प्याराग्लाइडिङ उडानमा चालक र यात्रुको सुरक्षाबारे पर्याप्त व्यवस्था नहुँदा भएको यस्तो दुर्घटनाको समस्यालाई ध्यानमा राखेर प्राधिकरणले थप सुरक्षा व्यवस्था नभइन्जेलसम्मकालागि उडान रोकेको हो । सरकारको यस निणर्यले अब देसभर सञ्चालित सबै प्याराग्लाइडिङ उडान बन्द हुने छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।