logo

पर्यटक आगमन संख्या बढ्यो, आठ महिनामा ३ लाख नाघे

    849   पटक पढिएको

१७ भदौ/अर्थ र व्यापार – कोरोना विश्व महामारीपछि नराम्रोसित थला परेको मुलुकको पर्यटन क्षेत्रमा हाल विस्तारै सुधारको संकेत देदिएको छ ।
सन् २०२२ को प्रारम्भदेखि नै नेपाल भित्रिने पर्यटक आगमन संख्यामा सुधार देखिन थालेको हो । सन् २०२२ यो ८ औं महिना (अगष्ट)मा समेत यस्तो बृद्धि कायम रह्यो ।
अध्यागमन विभागका अनुसार अगष्ट २०२२ मा मात्र ४१ हजार ३०४ जना विदेशी नागरिक नेपाल भित्रिएका छन् । यससँगै सन् २०२२ को जनवरीदेखि अगष्ट महिनासम्म कुल ३ लाख २६ हजार ६६७ जना पर्यटक नेपाल भित्रिएको विभागको तथ्यांकले देखाएको छ ।
अगष्ट महिना नेपालमा वर्षायाम रहने सिजन हो । सोहीकारण सामान्यतया कम पर्यटक आउने महिनामा गनिन्छ । कोरोना महामारी अघि सन् २०१९ मा अगष्ट महिनामा ९२ हजार ६०४ जना पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२० मा ५८४ जना मात्र आउने वातावरण बनेको थियो । तर, सोही बेलादेखि सरु भएको कोरोना विश्व महामारिले विगत झन्डै तिनवर्ष पर्यटन क्षेत्र ठप्प जस्तै भएको थियो ।

सन् २०२१ को अगष्ट महिनामा भने ६ हजार ९३ जना पर्यटक नेपाल आएको तथ्यांक रहेको छ । पर्यटनमा सेप्टेम्बरबाट भने नयाँ सिजन मानिन्छ । यस सिजनका लागि पर्यटकको अग्रिम बुकिङले व्यवसायी उत्साहित छन् ।
कोभिड महामारीपछि भारतीय पर्यटकको आगमनमा उत्साह देखिएको छ । तथ्यांक अनुसार अगष्ट महिनामा मात्र १६ हजार १४७ भारतीय नेपाल आएका छन् । अघिल्लो महिना (जुलाई)मा १७ हजार २९९ जना भारतीय पर्यटक आएका थिए ।
अगष्टमा अमेरिकाबाट ४ हजार ६६ जना पर्यटक नेपाल आएका छन् । यो दोस्रो ठूलो संख्या हो । जुलाईमा अमेरिकाबाट ५ हजार २२८ जना पर्यटक नेपाल आएका थिए । बेलायतबाट अगष्टमा २ हजार ८२६, बंगलादेशबाट १ हजार ७५१ र चीनबाट १ हजार २८९ जना पर्यटक नेपाल आएको विभागको तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।