logo

कीर्तिमानी आरोही सानु शेर्पालाई विमानस्थलमा भब्य स्वागत

    865   पटक पढिएको

५ भदौ/अर्थ र व्यापार– विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालहरुलाई दोश्रोपटक आरोहण गरी विश्वकीर्तिमान बनाउन सफल भएका आरोही सानु शेर्पालाई त्रिभुवन विमानस्थलमा भब्य स्वागत सहित नागरिक अभिनन्दन गरिएको छ ।
पाकिस्तानको ८ हजार ३५ मिटर अग्लो गसेर्ब्रुम –२ हिमालको सफल आरोहण गरी शनिबार स्वदेश फर्किएका शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ , नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पा लगायतले अभिनन्दन गरी काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा परिक्रमा गराइएको थियो ।
संखुवासभाका आरोही तथा गाइड सानु शेर्पाले विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालहरुलाई दोहोर्याएर सफल आरोहण गरि विश्वकै कीर्तिमानी आरोही बनेका हुन । उनले गत ५ साउनको बिहान पाकिस्तानको ८ हजार ३५ मिटर अग्लो गसेर्ब्रुम –२ हिमालको सफल आरोहण गरेसँगै अग्ला हिमाल दोहोर्याएर आरोहण गर्ने संसारकै पहिलो कीर्तिमानी आरोहीबनेका बनेका थिए ।
उनको भब्य स्वागतमा नेपाल पर्वतारोहण संघ, शेर्पा पर्यटन व्यवसायी संघ, नेपाल पर्यटन बोर्ड, शेर्पा किदुक संखुवासभा लगायत पर्यटनसँग सम्बद्ध संघ संस्थाले शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर भब्य स्वागत गर्दै विमानस्थलबाट काठमाडौका विभिन्न ठाउँमा नगर परिक्रमा गराएर नागरिक अभिनन्दन गरेका हुन् ।
विमानस्थलमा झाँकीसहित स्वागत गरेपछि शेर्पालाई तीनकुने, थापाथली, त्रिपुरेश्वर, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ, ठमेल हुँदै भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पु¥याएर भब्य सम्मान गरिएको थियो।
सगरमाथा लगायत विभिन्न १४ वटा अग्ला हिमालको एक पटक आरोहण गर्ने शेर्पा सहित ६ जना नेपाली आरोही छन । तर, सानुले अहिले यि सबै हिमाललाई दुई पटक आरोहण गरि विश्वकै एक्ला कीर्तिमानी आरोहीको रुपमा नाम राख्न सफल भएका हुन ।
संखुवासभाको मकालु गाउँपालिका –१ स्थायी घर भएका ४८ वर्षीय सानु शेर्पा केही वर्षयता विश्वकै १४ वटा अग्ला हिमाललाई दोहोर्याएर चढ्ने अभियानमा जटेका थिए । अहिले उनले आफ्नो सपना पूरा गरेका हुन । यसै वर्षमात्र उनले मकालु र कञ्चनजङ्घा हिमालको पनि दोहो¥याएर आरोहण गरेका थिए ।
सर्वप्रथम सन् २००५ मा काठमाडौँ आएर ट्रेकिङ भरियाको रूपमा काम गर्ने मौका पाएका कीर्तिमानी आरोही सानु शेर्पाले पहिलो पटक सन् २००६ मा ८ हजार मिटर भन्दा अग्लो हिमाल चो–ओयु हिमालको सफल आरोहण गरेका थिए ।
त्यसपछि हरेक वर्ष शेर्पाको जीवन हिमालमै बित्यो । ८ हजार मिटर अग्ला हिमाल नेपालमै १४ वटा गरी विश्वभर २० वटा रहे पनि नेपालका ८ वटालाई मात्र इन्टरनेशनल क्लाइम्बिङ एण्ड माउन्टेनेरिङ फेडेरेसनले मान्यता दिएको छ । तर, नेपाल सरकारको तथ्यांकमा भने १४ वटा नै कामय गरिएको छ । देश तथा विदेशी कम्पनीमात्र नभएर सानुले विशेष गरी पायोनियर एड्भेन्चर ट्रेकमा रहेर हिमाल आरोहण गर्दै आएका छन ।
पहिलोपटक सन् २००६ मा चो–ओयु आरोहण गरेका शेर्पाले त्यसपछि २००७ मा सगरमाथा, २००८ मा ल्होत्से, २०१० मा मनास्लु, २००६ सिसापाङमा, २०१२ मा केटू, २०१३ मा गसेरब्ररुम–१, २०१४ मा कञ्चनजंगा, २०१४ ब्रोडपिक, २०१६ मा अन्नपूर्ण, २०१७ मा नाङगापर्वत, २०१९ मा गसेरब्ररुम–२, मकालु र धौलागिरीको आरोहण गरेका थिए । सन् २०१९ मै अग्ला सात वटा हिमालको दोस्रो पटक आरोहण सम्पन्न गरेका शेर्पाले सन् २०२१ मा अन्नपूर्ण, ल्होत्से र केटु हिमालको आरोहण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।