logo

हेलिकोप्टरमा दुईजना चालक राख्न सकिदैन, हेलिकोप्टरको व्यापार नै धराशायी हुन्छ:वायुसेवा संचालक संघ

    1110   पटक पढिएको

२० जेठ/अर्थ र व्यापार – वायुसेवा प्रदायक कम्पनीहरुको छाता संस्था वायुसेवा सञ्चालक संघ नेपालले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई चालक राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको बताएको छ ।
प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुईवटा चालक अनिवार्य गर्ने तयारी गरिरहेका बेला वायुसेवा संचालक संघले व्यावसायिक उडानमा सो कदम उपयुक्त नहुने धारणा अघि सारेको हो ।
तारा एयरको विमान दुर्घटना भएपछि गत बुधबार प्राधिकरणले हेलिकोप्टर कम्पनीहरुमाथी पनि यस्तो नयाँ नियम लागु गर्ने निणर्य गरेको थियो । सो निणर्यपछि हेलिकोप्टरमा दुई चालक राख्नेबारे नागरिक उड्यन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एउटा इन्जिन भएको हेलिकोप्टरमा दुईजना चालक राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने र यात्रुको संख्या नै थप घट्ने भएकाले सरकारको यस्तो निणर्यले सबै कम्पनी धरासायी हुने बताए । ९ सिट क्षमताभन्दा माथिका हेलिकोप्टरहरुमा दुईजना चालक राख्न समस्या नरहे पनि सबै हेलिकोप्टरमा दुईजना पाइलट राख्दा दक्ष जनशक्तिको समेत अभाव हुने संघको धारणा रहेको उनले जानकारि दिए ।
हाल नेपालमा सञ्चालन भइरहेका ११ वटा हेलिकोप्टर कम्पनीमा एउटा मात्रै इन्जिन भएका ३१ तथा दुई इन्जिन भएका पाँच हेलिकोप्टरले व्यावसायिक उडान भर्दै आएका छन् । जसमध्ये १० जना विदेशी र २६ जना नेपाली चालकले एउटा इन्जिन भएका हेलिकोप्टर उडाउँदै आएको सो संघले जानकारि दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।