logo

एनसेलको ‘एनसेल सुपर सेलर’ योजना १० महिना सम्म सञ्चालन हुने

    1759   पटक पढिएको

४ चैत्र /अर्थ र व्यापार - एनसेल प्रालिले देशभरी रहेका खुद्रा बिक्रेतालाई लक्षित गरी ‘एनसेल सुपर सेलर’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत खुद्रा बिक्रेताले बम्पर उपहार स्वरुप कार, युरोप भ्रमण र आईफोन एक्स जस्ता आकर्षक उपहार जित्न सक्छन् ।योजना चैत १ गतेबाट लागु भएको उक्त योजना १० महिनासम्म सञ्चालनमा रहनेछ । यस योजनामा सामेल हुनका लागि खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी (भर्चुअल फन्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नुपर्छ ।

यस योजनाअन्तर्गत खुद्रा बिक्रेताले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समूहमध्ये कुनै एक समूहमा आफूलाई सहभागी गराई उपहार पाउन सक्छन् । बम्पर उपहार बाहेक खुद्रा बिक्रेताले निश्चित अंक संकलन गरेपछि बाइक, स्कुटर, ५५ इन्चको स्मार्ट टिभी, एयर कन्डिसनर, आईप्याड, इलेक्ट्रिक ट्रेडमिल, वासिङ मेसिन र ल्यापटप लगायतका विभिन्न उपहार जित्न सक्नेछन् ।

‘एनसेल सुपर सेलर’ योजना लागू भएको छ महिनापश्चात खुद्रा बिक्रेताले आफूले संकलन गरेका आवश्यक अंकका आधारमा उपहार दाबी गर्न सक्नेछन् । यस योजनामा सहभागिता जनाउनका लागि खुद्रा बिक्रेताहरुले रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी एनसेलको सेल्स एण्ड डिष्ट्रिब्युसन एप बाट खरिद गरेको हुनुपर्नेछ ।

यस योजनाको चार समूहअन्तर्गत खुद्रा बिक्रेताले ३७ सयभन्दा बढी उपहार जित्नेछन् । साथै योजनामा सहभागीमध्ये उत्कृष्ट १० हजार खुद्रा बिक्रेतालाई पनि एनसेल गिफ्ट ह्याम्पर प्रदान गरिने कम्पनीले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।