logo

फेसबुक बन्यो पाँचौ ठूलो अमेरिकी कम्पनी

    1596   पटक पढिएको


१५ असार/अर्थ र व्यापार– अमेरिकी सामाजिक सञ्जाल तथा प्राविधिक कम्पनी फेसबुक निगम १० खर्ब डलर भएको पाँचौ ठूलो अमेरिकी कम्पनी बनेको छ । 

शेयर बजारमा आएको ४ दशमलव २ प्रतिशतले वृद्धि भएसँगै फेसबुक पाँचौ ठूलो अमेरिकी कम्पनी बनेको हो । कम्पनीको प्रतिशेयर मूल्य हाल ३५५.६४ अमेरिकी डलर पुगेको छ । 

अमेरिकी फेडरल ट्रेडले फेसबुकविरुद्ध हालेको एन्टिट्रस्टको मुद्धामा कम्पनीको पक्षमा निर्णय भएसँगै कम्पनीको शेयरमूल्यमा वृद्धि भएको हो।

यो सूचीमा फेसबुक भन्दा अगाडी एप्पल, माइक्रोसफ्ट, अमेजन र गूगल रहेका छन् । त्यसमध्ये माइक्रोसफ्ट र एप्पल कम्पनीको मूल्य २० खर्ब अमेरिकी डलरभन्दा माथि रहेको छ ।

सन् २०१२ मा  अमेरिकी शेयर बजारमा सूचीकृत भएको फेसबुकको शेयर निरन्तररुपमा बढिरहेको छ । सन् २०१८ मा कम्पनीको आम्दानीमा आएको गिरावटका कारण कम्पनीको शेयर एकैपटक १९ प्रतिशतले घटेको थियो ।

तर, त्यसपछि भने निरन्तर शेयर मूल्य बढिरहेको छ । हाल कम्पनीको शेयरमूल्य सन् २०१८ को तुलनामा ९० प्रतिशतले बढी भएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । 
-एजेन्सीहरुको सहयोगमा 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।