logo

लोडसेडिङ घटेपछि ‘डेस्कटप’ को कारोबारमा सुधार

    1210   पटक पढिएको

१ असार / अर्थ र व्यापार - वर्षौदेखिको लोडसेडिङ तथा ल्यापटपको दबदबाले बिक्नै छाडेको डेस्कटप कम्प्युटरको कारोबारमा पछिल्लो समय उल्लेख्य वृद्धि भएको छ । पछिल्लो समय राजधानी लगायतका स्थानमा नियमित बिजुली आपूर्ति हुन लागेसँगै डेस्कटपको व्यापारमा पनि उत्साहजनक वृद्धि भएको छ । 

विशेषतः कार्यालय प्रायोजन, ठूला प्रकृतिका कार्य, किफायती र भरपर्दो हुने भन्दै केही वर्षअघिसम्म पहिलो रोजाइमा ल्यापटप भन्दा डेस्कटप नै पथ्र्यो तर चार्ज गरेर चलाउन नमिल्ने प्रविधि भएकै कारण घण्टौ लामो लोडसेडिङमा डेस्कटपको उचित विकल्प ल्यापटपको प्रयोग बढ्यो ।

विगत वर्षहरुमा नगन्य हुने डेस्कटपको विक्री पछिल्लो केही महिनाबाट ह्वातै बढेको छ । पहिले मुस्किलले महिनामा १० वटा विक्री हुने गरेको डेस्कटप  आजभोली दिनको ५ वटासम्म विक्री हुने गरेको छ । तर डेस्कटपको विक्री बढे पनि यसलाई ल्यापटपले विस्थापित गर्ने क्रम भने नरोकिएको छ।

१५ हजारदेखि २ लाखसम्म मूल्यका कम्प्युटर र ल्यापटपमा ४० देखि ७० हजार सम्मको मध्यम रेन्जमा धेरै विक्री हुने गर्दछ । नेपाली बजारमा डेल, एसस, एसर, एमएसआई लगायत ब्राण्डका डेस्कटप तथा ल्यापटपहरु लोकप्रिय छन्। सिंगापुर, अमेरिका, थाइल्याण्ड लगायतका देशबाट नेपालमा यी सामानहरुको आयात हुने गर्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।