logo

एप्पलले आउँदो हप्ता विभिन्न प्रोडक्ट्स ल्याउँदै

    1598   पटक पढिएको


२१ जेठ / अर्थ र व्यापार-सोमबारदेखि एप्पलको सबैभन्दा ठूलो समारोहमध्येको एक वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्स सुरु हुँदैछ । एप्पलले विगतका यस्ता सम्मेलनमा आफ्नो अपरेटिङ सिस्टमको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको थियो । तर यो वर्ष चाहीँ एप्पलले सफ्टवेयर मात्र नभै हार्डवेयरको मामिलामा पनि ठूलो घोषणा गर्नसक्ने छ ।

जुन ५ देखि ९ सम्म चल्ने यो वर्षको सम्मेलनमा एप्पलले आइप्याड प्रो, म्याकबुक तथा सिरी स्मार्ट स्पिकर जस्ता नयाँ प्रडक्टहरु लञ्च गर्ने अनुमान पनि गरिएको छ । यस पटक एप्पलले मोबाइल अपरेटिङ सिस्टम आइओएसको नयाँ भर्सन आइओएस ११ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसमा इन्टरफेस नयाँ हुनसक्नेछ भने ग्रुप फेसटाइम फङ्क्सनालिटी पनि थप हुनेछ । साथै यो सँगै ३२ बिट एप्सको पनि अन्त्य हुनेछ ।

 एप्पलले सोमबार १०.५ इन्चको आइप्याड प्रो सार्वजनिक गर्नेछ । यस इभेन्टमा आइप्याड प्रो लञ्च हुने सम्भावना ७० प्रतिशत रहेको छ । एप्पलले नयाँ मोडल लञ्च गर्नेछ वा अक्टोबर २०१६ मा लञ्च गरेको म्याकबुक प्रो मोडलमा टचबार आइडी वा टचआइडीको फिचर मात्र थप गरेर ल्याउनेछ ।

अमेजनको एको तथा गुगलको होमलाई टक्कर दिँदै एप्पलले पनि सिरीयुक्त स्पिकर ल्याउनेछ । यसमा अनुहार पहिचान गर्नसक्ने फिचर हुनेछ । यो आइओएसमा चल्ने बताइएको छ । एप्पलले यो पटक म्याजिक किबोर्ड लञ्च गर्नसक्ने दाबी कतिपयले गरेका छन् । यस किबोर्डमा टच आइडी तथा टचबार हुनसक्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।