logo

एक्टिभ युजर्सको तथ्यांक सार्वजनिक गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको तयारी

    1401   पटक पढिएको

१३ माघ /अर्थ र व्यापार - नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकका चालु प्रयोगकर्ता मोबाइल (एक्टिभ युजर्स) को तथ्यांक सार्वजनिक गर्ने भएको छ ।

कूल जनसंख्या भन्दा करिब १ करोड धेरै सिमकार्ड बिक्री भएपनि चालू प्रयोगकर्ता थोरै रहेको भन्दै त्यसबारे अध्ययन थालिएको प्राधिकरण निमित्त अध्यक्ष पुरूषोत्तम खनालले जानकारी दिए । खनालले दूरसञ्चार कम्पनीका त्यस्ता ग्राहकको त्रैमासिक वा अर्धवार्षिक तथ्यांक सार्वजनिक गर्ने गरि अध्ययन भइरहेको जानकारी दिए ।

संसदको विकास समितिको बैठकमा खनालले चालु प्रयोगकर्ताको संख्यामा उतारचढाव देखिने भएकाले दैनिकी तथ्यांक सार्वजनिक गर्न कठिन हुने बताए । छलफलमा खनालले बक्यौता नतिर्ने दूरसञ्चार सेवा प्रदायकको लाइसेन्स खारेज गर्नेसम्मको कारबाही अघि बढाइने उल्लेख गरे । उनका अनुसार विभिन्न दूरसञ्चार प्रदायक कम्पनीले प्राधिकरणमा ३ अर्ब रूपैयाँ बक्यौता तिर्न बाँकी छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।