logo

महिलाका लागि सेयर बजारमा लाभकर घटाउन अर्थमन्त्रीको प्रस्ताव

    1091   पटक पढिएको

२६ जेठ / अर्थ र व्यापार - अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा महिलाका लागि लाभकर घटाउन प्रस्ताव गरेका छन् । शनिबार नेपाल धितोपत्र बोर्डको २७ औं वार्षिकोत्सवको अवसरमा बोल्दै खतिवडाले धितोपत्र बोर्डबाट महिलालाई लाभकरमा घटाउने प्रस्ताव आए आफू निकै सकारात्मक हुने बताएका हुन् ।

महिलालाई घर जग्गा रजिस्ट्रेशन छुट दिने प्रावधान लागू गरेपछि सहरी क्षेत्रमा २८ प्रतिशत घर जग्गाको स्वामित्व महिलाका नाममा आएको छ, त्यस्तै प्रस्ताव सेयर बजारमा गर्न सके राम्रो हुने उनले बताए । सरकारले बजेटमा लाभकरलाई ७.५ प्रतिशतबाट ५ प्रतिशतमा झारेको थियो । यस्तै, अर्थमन्त्रले सेयर बजार मौद्रिक नीतिको छायाँको रूपमा विकास गर्न नहुने पनि बताए । बैंकिङ प्रणालीमा तरलता बढ्दा सेयर बजारमाथि जाने र बैंकिङ प्रणालीमा तरलता घट्दा सेयर बजार तल जाने अवस्था हुन नहुने उनले बताए । 

धितोपत्र बोर्डलगायतका नियामक निकायको ऐन संशोधन भइरहेको बताउँदै उनले नियामक निकाय कतैबाट प्रभावित हुनु नहुने बताए । यसका लागि कानुनी रूपमै संरक्षण गर्नु पर्ने उनको भनाइ छ । नियामक निकायले कानुनको परिपालना गराउन सक्ने क्षमता र कानुनको परिपालना गर्ने क्रममा दण्डहीनताको अवस्था आउन नदिने सुनिश्चितता हुनुपर्ने बताउँदै उनले बैंकिङ प्रणालीबाट सिडी, सिसिडी र क्यापिटल एडिक्वेसी हिसाव गरेर लगानी गरेर नपुग्ने हुनाले पुँजी जुटाउने वैकल्पिक उपाय भनेको पुँजी बजारनै भएका बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।