logo

बुधबार सेयर बजार २ अंकले घट्यो

    1284   पटक पढिएको

७ भदौ / अर्थ र व्यापार – सेयर बजारमा बुधबार परिसूचक तथा कारोबार दुवैमा गिरावट आएको छ । अघिल्लो दिन ७२ करोडको कारोबार भएकोमा यस दिन ६२ करोडमा सीमित भएको छ । कारोबार रकम १० करोडले घट्दा परिसूचक २ अंकले झरेको छ । २. ७८ अंकको गिरावटपछि नेप्से १६११ अंकमा कायम भएको छ ।

यस दिन नेपाल बैंक कारोबारका आधारमा अग्रस्थानमा रह्यो । उसको ५ करोड ४६ लाखको सेयर किनबेच भएको छ । कम्पनीको आकर्षक वित्तीय विवरणले लगानीकर्तालाई तानेपछि समग्र बजार घट्दा उसको मूल्य भने २ प्रतिशतले नै बढेको छ । सो वृृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ३५७ कायम भएको छ ।

त्यस्तै दोस्रोमा रहेको प्रभु इन्स्योरेन्सको २ करोड ७९ लाखको मात्रै कारोबार भयो । युनाइटेड फाइनान्सको मूल्य सबैभन्दा धेरै ५.७ प्रतिशतले बढेको छ । एभरेष्ट इन्स्योरेन्सको मूल्य ३.७ प्रतिशतले बढ्यो ।

अघिल्लो दिनसम्म उच्च दरले बढेको हिमालयन पावर पार्टनरको सेयर मूल्य आज भने प्रतिकित्ता १० रुपैयाँले घटेको छ । छ्याङ्दी हाइड्रोको मूल्य साढे ६ प्रतिशतले घटेको छ । कालिका माइक्रोक्रेडिट, मञ्जुश्री फाइनान्स र ओरेन्टल होटलका लगानीकर्ताले ५ प्रतिशत बढी नोक्सान बेहोरे ।

यसैबीच नेको इन्स्योरेन्सको बिओडी मिटिङले रोहितकुमार भट्टराईलाई निर्देशकको रुपमा नियुक्त गरेको छ । त्यस्तै आरएसडिसी लघुवित्तले १ बराबर २ को अनुपातमा हकप्रद दिनका लागि आगामी १६ गतेलाई बुक क्लोजको मिति तय गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।