logo

बुधबार सेयरबजारमा ०.६६ अंकको गिरावट

    1042   पटक पढिएको

३१ जेठ / अर्थ र व्यापार - चारदिन लगातर घटेर मंगलबार बढेको बजार बुधबार फेरि घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ०.६६ अंकले घटेर १५८६.५० अंकमा ओर्लिएको हो । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.०६ अंकले घटेर ३३६.३० अंकमा  ओर्लिएको छ  । 

गत चैत महिनामा लगभग ३०० अंक बजार बढ्यो त्यतिबेला लगानी कर्ताले कमाउने अवसर प्राप्त गरे तर जसरी बजार बढ्यो त्यसैगरी नघटेकाले अहिलेसम्म पनि लगानीकर्ताहरुको मनोबल नघटेको हो । 

आज १४८ कम्पनीका नौ लाख ४८ हजार कित्ता शेयर ५८ करोड रुपैयाँमा खरिद बिक्री भयो । आज सबैभन्दा बढी एभरेष्ट बैंकको शेयर खरिद बिक्री भयो। बैंकको पाँच करोड २३ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो । कारोबार रकमकै आधारमा एभरेष्ट इन्स्योरेन्स दोस्रो भएको छ । एभरेष्ट इन्स्योरेन्सको चार करोड ३६ लाख रुपैयाँको कारोबार भएको हो ।

आज आठ समूहको कारोबार भएको छ । कारोबारमा आएका पाँच समूहको मूल्यमा गिरावट आएको छ भने तीन उपसूचक बढेको छ । बैंकिङ १.१७, जलबिद्युत ८.०३, बीमा १९.१७ अंकले बढेको छ । होटल २९.०७, विकास बैंक ३.०६, फाइनान्स २.४४, उत्पादनमूलक ३४.३४ र अन्य ५.७९ अंकले घटेको छ ।

आज सबैभन्दा बढी वर्ल्ड मर्चेन्ट बैंकिङ एंड फाइनान्सका शेयरधनीले करिब आठ प्रतिशत  कमाएका छन् ।  यस्तै कन्काई विकास बैंकका शेयरधनीले करिब ६ प्रतिशत गुमाएका छन् ।  ३३.३३ प्रतिशत हकप्रदका लागि बुकक्लोजको मिति तोकेको एभरेष्ट बैंकको सबै भन्दा धेरै सवा पाँच करोड रुपैंयाको सेयर किनबेच भएको छ । 

 संकटग्रस्त अवस्थाको वल्र्ड मर्चेण्ट बैकिंङको झण्डै आठ प्रतिशतले सेयरमूल्य बढेको छ । गुमाउनेको सूचीको पहिलो स्थानमा  कन्काई विकास बैंक परेको छ । समग्र बजार पूँजीकरण १८ खर्ब ५३ अर्ब रुपैंयामा सिमित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।