logo

बुधबार शेयर बजार साढे तीन अंकले बढ्यो

    1163   पटक पढिएको

३२ साउन / अर्थ र व्यापार – बैंक र बीमा उपसुचकमा वृद्धि हुँदा बुधबार शेयर बजार बढेको छ । सूचक बढेपनि कारोबार रकम अघिल्ला साताको तुलनामा घटेको छ । स्टक एक्सचेन्जको कारोबार मापक सूचक ३.५० अंकले बढेर १६३२.६६ अंकमा उक्लिएको हो । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९३ अंकले बढेर ३४२.८५ अंकमा उक्लिएको छ ।

बुधबार १६२९ अंकबाट सुरु भएको बजार सुरुवाती आधा घण्टा चार अंकले घटेको थियो । आधा घण्टा पछी फर्किएको बजार १६४३ अंकसम्म उक्लिएको थियो । साढे १२ बजे आजको सबैभन्दा बढी उचाई छोएर बजार पुनः ओर्लियो । बुधबार १५८ कम्पनीका १६ लाख ४२ हजार कित्ता शेयर ७० करोड रुपैयाँमा खरिद बिक्रि भएको छ । 

कारोबार रकमको आधारमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सबैभन्दा धेरै किनबेच भएको छ । इन्स्योरेन्सको तीन करोड ४६ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको हो । बुधबार बैंक २.९६, होटल ७.५५, विकास बैंक ३.२, बीमा ७५.७८ र अन्य २.०३ उपसूचक अंकले बढेका छन् । जलविद्युत ८.५५, फाइनान्स ३.०१ र उत्पादनमुलक समूह ५३.१५ अंकले घटेका छन् ।

आज हाम्रो विकास बैंकका शेयरधनीले सबैभन्दा बढी करिब ६ प्रतिशत कमाएका छन् । हिमालयन डिस्टिलरीका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।