logo

सबैभन्दा बढी मूल्य रहेको युनिलिभरको सेयर मूल्य लगातार भारी अंकले गिरावट

    1278   पटक पढिएको

१० माघ /अर्थ र व्यापार - बिहीबार कारोबार शुरु भएको ४० मिनेटमै युनिलिभरको प्रतिकित्ता सेयर मूल्य ८११ रुपैयाँले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बिहीबार ११ बजेर ४० मिनेट जाँदा युनिलिभरको एक कित्ता सेयरको मूल्य १९ हजार ६ सय ८९ रुपैयाँमा झरेको छ ।

सेयर बजारमा सूचिकृत कम्पनीमा सबैभन्दा बढी मूल्य रहेको युनिलिभरको सेयर मूल्य लगातार भारी अंकले घटेको छ । मंगलबार एकैदिन प्रतिकित्ता १७ सय रुपैयाँले घटेको मूल्य बुधबार ६ सय रुपैयाँले घटेको थियो । बिहीबार कारोबार शुरु भएको ४० मिनेटमै युनिलिभरको प्रतिकित्ता सेयर मूल्य ८११ रुपैयाँले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बिहीबार ११ बजेर ४० मिनेट जाँदा युनिलिभरको एक कित्ता सेयरको मूल्य १९ हजार ६ सय ८९ रुपैयाँमा झरेको छ ।

मंगलबार कारोबार बन्द हुँदा युनिलिभरको सेयर मूल्य २११०९ रुपैयाँमा झरेको थियो भने बुधबार २० हजार ५०० रुपैयाँमा झरेको थियो । सिमित व्यक्तिसँग मात्र रहेको युनिलिभरमा लगानीकर्ताको आकर्षण भनेको घटेको छ । खासगरी उसले उत्पादन गर्ने वस्तुमा रामदेवको उत्पादनले दिएको टक्करको कारण यसको बिक्रीमा असर गरेको छ ।

संचालन लागत बढ्दा प्रतिफल समेत घटेको छ । जसको कारण युनिलिभरले गतवर्षको नाफाबाट पछिल्लो ५ वर्षकै कम प्रतिसेयर ७०० रुपैयाँ लाभांश दिएको थियो । त्यसअघिका वर्षहरुमा युनिलिभरले १०००र१२०० प्रतिशत लाभांश दिन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।