logo

अर्थमन्त्री डा. खतिवडाद्वारा गठित मुद्रा र शेयर बजारबारे अध्ययन टोलीले पर्सि देखि काम सुरु गर्ने

    1218   पटक पढिएको

२१ मंसिर /अर्थ र व्यापार - मुद्रा र शेयर बजारका बारेमा अध्ययन गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार गठन गरेको उच्चस्तरीय टोलीले आइतबारबाट मात्र काम थाल्ने भएको छ । शुक्रबार मात्र टोलीले पत्र पाएकाले आइतबारबाट औपचारिक काम थाल्ने भएको हो ।

यद्यपी टोली गठन लगत्तै त्यसका सदस्यहरुले ब्यक्तिगत पहलमा बाहिरका सरोकारवालाहरुसँग सुझाब माग्न भने थालिसकेका छन् । समितिको संयोजक राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठलाई बनाइएको छ । यसमा धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, शेयर लगानीकर्ता संघका प्रतिनिधि र अर्थमन्त्रालयका सहसचिव छन् ।

बैंकहरुले निक्षेपको ब्याज दर मनपरी बढाएलगत्तै शेयर बजार उच्च अंकले झरेपछि अर्थमन्त्री खतिवडाले समस्या समाधानका लागि इनिसिएसन लिएका थिए । उनले दीर्घकालिन समाधान खोज्नका लागि अध्ययन टोली बनाएका हुन् । टोलीले शेयर बजारको बिकासका साथै लगानी प्रबर्द्धन, मुद्रा बजार र बन्ड मार्केटका बारेमा पनि अध्ययन गरेर सुझाब दिनेछ । टोलीलाई सात दिनको समय दिइएको छ । टोलीले दिएको सुझाबका आधारमा अर्थमन्त्रालयले उपयुक्त निर्णय गर्ने छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।