logo

मंगलबार शेयर बजारमा २१.०६ अंकको गिरावट

    1281   पटक पढिएको

२७ भदौ / अर्थ र व्यापार – मंगलबार शेयर बजार पाँच महिना यताकै न्यून बिन्दुमा पुगेको छ । शेयर बजार दोहोरो अंकले घट्दा सूचक १५०२.२० अंकमा ओर्लिएको छ । गएको १० चैतमा शेयर बजार १४८६.०४ अंकमा थियो । त्यसपछि बिस्तारै बढेको बजारले चैत ३० गते यस वर्षको सर्वाधिक १७०३.०३ अंक छोएको थियो ।

त्यसयता लगातार घटेको बजार पाँच महिना पहिलेको न्युन अंकमा फर्किएको हो । लाभांश घोषणाको सिजन सुरु भएदेखिनै घट्न थालेको शेयर बजार एक महिनामा १४२ अंकले घटिसकेको छ । मंगलबार सूचक २१.०६ अंकले घटेको छ । सूचकसंगै कारोबार रकममा समेत संकुचन आएको छ । करिब एक अर्ब रुपैयाँको कारोबार हुँदै आएको बजारमा कारोबार रकम करिब ५७ करोडमा झरेको छ । 

पछिल्लो समय शेयर बजारमा महिलाको उपस्थिति कम हुँदै गएको कारण बजार घटेको हो । बजारमा नियमनकरी निकायका पदाधिकारीहरुले शेयर खरिद बिक्री गर्न परिवारका सदस्यलाई ल्याउने गरेको खबर सार्वजनिक भएसंगै उनीहरुको बजारमा उपस्थिति पातलिँदै गएको छ । साथै उनीहरुले छानबिनको प्रक्रियामा परिन्छ भन्ने डरले बिक्री चाप बढाउँदा बजार घटेको हो ।   

बजार बढ्दा लगानीकर्तालाई सचेत हुन आग्रह गर्ने नियामकले बजार घट्दा केहि नबोलेकोमा लगानीकर्ता आक्रोशित भएका छन् । तुरुन्तै लगानीकर्ताको लागि नियामकले सम्बोधन गर्नुपर्ने छ । कारोबारमा आएका आठ समूहमध्ये सात समूहमा गिरावट देखिएको छ भने अन्य २.६१ अंकले बढेको छ । उत्पादनमूलक समूहमा कुनै फेरबदल भएन । बैंक १८.४८, होटल ४२.५३, विकास बैंक २९.८२, जलबिद्युत १५.५७, फाइनान्स १४.९ र बीमा १८५.१ अंकले घटेको छ ।

मंगलबार युनाइटेड फाइनान्सको १९ प्रतिशत बोनस शेयर घोषणा र रणनीतिक साझेदार भित्र्याउने खबरको प्रभाव पर्दा बजारमा कम्पनीको प्रति शेयर मूल्य १० प्रतिशतले बढेको छ । यता कामना सेवा विकास बैंकका शेयरधनीले सबैभन्दा बढी करिव १० प्रतिशत गुमाएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।