logo

बिहीबार सेयरबजारमा ८.१९ अंकको गिरावट

    1129   पटक पढिएको

२६ साउन / अर्थ र व्यापार – साताको अन्तिम दिन बिहीबारको सेयरबजारमा नेप्से परिसूचक घटेको छ भने कारोबार रकममा सामान्य सुधार आएको छ । वित्त र उत्पादन समूहका बाहेक सबै समूहका सूचक नकारात्मक रहेपछि सेयरबजार ओरालो लागेको हो ।

बिहीबार नेप्से ८.१९ अंकले घटेर १६५३.५३ अंकमा झरको छ । १६१ कम्पनीको कारोबार भएको बजारमा ९२ करोड ७९ लाख बराबरको सेयर किनबेच भयो । बुधबारको तुलनामा कारोबार रकम एक करोड बढी हो ।

यसदिन नागरिक लगानीकोषको सबैभन्दा धेरै ६ करोड ६४ लाख बराबरको सेयर किनबेच भयो । कोषको भदौ १६ गते हुने साधारणसभाको लागि भोलिदेखि बुक क्लोज हुने भएपछि कारोबार उच्च भएको हो । कोषले २१.८५ प्रतिशत बोनस प्रस्ताव गरको छ । त्यस्तै स्ट्याण्र्डड चार्टर्ड बैंकको पनि ४ करोड ६० लाख बढीको कारोबार भयो । नेपाल लाइफको पनि ३ करोड ८० लाख बराबरको कारोबार भयो ।

बिहीबार प्रोगेशिभ फाइनान्सको सेयरमूल्य सबैभन्दा बढी ९ प्रतिशतले बढेको छ । ग्रिन डेभलपमेन्ट, सिनर्जी फाइनान्स तथा मिर्मिरेमाइक्रो फाइनान्स लगायतको सेयरमूल्य बढेको छ ।

यसदिन कुवेर मर्चेन्ट फाइनान्सको सबैभन्दा बढी झण्डै दश प्रतिशतले घटेको छ । लक्ष्मी भ्यालु फण्ड एक, वल्र्ड मर्चेन्ट फाइनान्स,ललितपुर फाइनान्स तथा श्री इन्भेष्मेन्ट फाइनान्स लगायतको सेयरमूल्य घटेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।