logo

बिहिबार सेयर बजारमा ८ अंकको गिरावट

    1497   पटक पढिएको

२५ जेठ / अर्थ र व्यापार-साताको अन्तिम दिन (बिहीबार)को सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । सो दिन परिसूचक ७ दशमलब ९४ अंकले ओरालो लागेर १६१५ अंकमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जमा बिहीबार कारोबार खुलेदेखिनै लगातार घटेको नेप्से परिसूचक ७.९४ अंकले घटेर बजार बन्द भएको छ । दिउँसो १ बजेपछि केहि फर्किन खोजेपनि त्यसले निरन्तरता नपाएपछि साताको अन्तिम दिनको कारोबार मापक सूचक १६१५.१९ अंक कायम भएको ह।े ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७९ अंकले घटेर ३४३.१२ अंकमा झरेको  छ ।

बिहीबार १४९ कम्पनीका आठ लाख कित्ता शेयर ४८ करोड ९७ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । आज सबैभन्दा बढी स्ट्यार्डड चाटर्ड बैंकको शेयर खरिद बिक्री भयो । बैंकको तीन करोड ६६ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको हो ।

कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो भएको छ । कम्पनीको २ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको हो । आज कारोबारमा आएका सबै उपसूचक घटेको छ । बैंकिङ ७.४१, होटल ४०.४६, विकास बैंक ०.८७, जलबिद्युतत ३.५४, फाइनान्स ७.७२, बीमा ३९.८, उतपादन मुलक १७.६ र अन्य ६.६५ अंकले घटेको छ ।

आज सबै भन्दा बढी करिब  १० प्रतिशत आरएसडीसी लघुवित्त र वर्ल्ड मर्चेन्ट फाइनान्सका शेयरधनीले कमाए । प्रोग्रेसिभ फाइनान्सका शेयरधनीले सबैभन्दा बढी करिब ६ प्रतिशत गुमाएका छन् ।     

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।