logo

शेयर बजार अझै सुधारिएन, हाइड्रोको शेयर थप ओरालीयो 

    1118   पटक पढिएको

१९ कात्तिक / अर्थ र व्यापार
   
शेयर बजारप्रति लगानीकर्ताको सेन्टिमेन्ट सकारात्मक हुन नसक्दा शेयर बजार घट्ने क्रम रोकिन सकेको छैन । सूचकमा सामान्य उतारचढाव बाहेक कुनै पनि उत्साह नहुँदा लगानीकर्ताको सहभागिता दिनदिनै घट्दै गएको ब्रोकरहरु बताउँछन्।

बजार सुधार हुने बलियो कारण देखा नपर्दा साना तथा ठूला लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् ।बजार सुधार नहुँदा दैनिक २० करोड रुपैयाँ हाराहारीमै घुमिरहेको छ । अझै धेरै कम्पनीहरुले लाभांशको बुक क्लोज गर्न बाँकी छ।

राम्रो लाभांश दिने कम्पनीको शेयर समेत सुधार हुन सकेको छैन । प्राय लगानीकर्ता र ब्रोकरहरुले अर्थमन्त्रीलाई बजार सुधार हुन नसक्नुको कारक मानेपनि उनले पछिल्लो समय बजार तल माथि हुने गरी कुनै पनि अभिव्यक्ति र गतिविधि गरेका छैनन् ।

साल्ट ट्रेडिङको शेयर मात्रै २ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । आकर्षक लाभांश घोषणा गरेका एभरेष्ट र नविल बैंकको कारोबार अधिकतमको सूचीमा पर्ने क्रमले निरन्तरता पाएको छ।

बैंकिङ, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र म्युचुअल फण्डको सूचकमा सामान्य सुधार देखिएको छ । नेप्से सूचक ०.८१ विन्दुले घटेर ११३९.४५ विन्दुमा रोकिएको छ । ग्लोबल आइएमई समुन्नत स्किमको सकारात्क सर्किट लागेर ७.८ रुपैयाँ पुगेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।