logo

एक दुई रुपैयाँमै चर्को बार्गे्निङले शेयर कारोबार २३ करोडमा सिमित

    1166   पटक पढिएको

 २८ कात्तिक / अर्थ र व्यापार - बिहीबार दिन भरिनै सुस्त रहेको शेयर बजार कारोबारको अन्त्यमा भने झिनो अङ्कले बढेर बन्द भएको छ। दिन भरिनै शेयरको मूल्यमा लगानीकर्ताले चर्को बार्गे्निङ गरेका कारण बजार थोरै सकारात्मक देखियो।

लगानीकर्ता आफ्नो मूल्यमा अडिग रहन नसकेपछि सूचक झिनो अङ्कले बढेको हो। बिहीबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ०.७९ अङ्कले बढेर ११३५.९५ अंकमा उक्लिएको छ।

सेन्सेटिभ सूचक भने नकारात्मक देखिएको छ । ०.११ अङ्कले घटेर २५०.०६ अंकमा झरेको छ । बजार सुस्त भएपछि कारोबार रकम खुम्चिएर करिब २३ करोडमा समेटिएको छ । दिन भरिनै आफूले दाखिला गरेको मूल्यमा अडिग रहेका लगानीकर्ताले कारोबारको अन्त्यमा भने मागेकै मूल्यमा शेयर दिनथालेपछि कारोबार रकम बढेको हो।

पछिल्लो समय शेयर बजारमा चर्को बार्गे्निङ हुन थालेको छ । लगानीकर्ताले एकरदुई रुपैयाँमै चर्को बार्गे्निङ्क गर्न थालेपछि शेयर कारोबार नै सुस्त देखिएको एक ब्रोकर कम्पनीका सञ्चालकले बताए।’शेयरको मूल्य निकै तल आएको छ। कारोबारीले एकरदुई रुपैयाँमै शेयर किन बेच गर्न नमानेपछि शेयर कारोबार नै सुस्त देखिन थालेको हो’ती सञ्चालकले भने ।

बजार सुस्ताएकै कारण कारोबार रकम समेत घटेको उनको जिकिर छ। बिहीबार १६३ कम्पनीका आठ लाख ३३ हजार कित्ता शेयर २२ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। गएका केही दिन ३० करोड रुपैयाँ भन्दा बढिको शेयर कारोबार हुन थालेको थियो।

कारोबार रकमको आधारमा एनएमबि बैक, नेपाल बैक र हिमालयन डिस्टिलरीले अग्रता लिएका छन्। जसमा एनएमबि बैंकको चार करोड २९ लाख रुपैयाँ, नेपाल बैंकको एक करोड ३३ लाख र हिमालयन डिस्टिलरीको एक करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।

दिनभरिमा १२ समूहको शेयर कारोबार भयो। उप सूचक मिश्रित देखिएका छन्। कारोबारमा आएका आठ समूहको शेयर सूचक बढेको छ भने चार समूहको उप सूचक घटेको छ । सबैभन्दा बढी ट्रेडिङ् समूहको उप सूचक ६.५४ प्रतिशतले बढेको छ। लघुबित्तको उप सूचक ०.४५ प्रतिशतले घटेको छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।