logo

आइतबार सेयर बजार २ दशमलब ०४ अंकले बढ्यो

    1072   पटक पढिएको

२५ असार / अर्थ र व्यापार – नयाँ मौद्रिक नीति सार्वजनिक भएको आइतबारको सेयर बजारमा उतारचढाव आएको छ । दिनभर उतारचढाव भएको बजारमा कारोबार बन्द हुँदा नेप्से सामान्य अंकले उकालो लागेको छ ।

आइतबार मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अघिको बजार निरन्तर उकालो लागिरहेको थियो । त्यसपछि मौद्रिक नीति सार्वजनिक भएपछि १६०५ अंकमा रहेको परिसूचक एक्कासी घटेर १५६२ अंकमा झरेको थियो । त्यस्तै, कारोबार बन्द हुँदा भने नेप्से २ दशमलब ०४ अंकले बढेर १५८४ अंकमा पुगेको छ ।

सामान्य अंकले बढेको सेयर बजारमा एक अर्ब १२ करोडको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो कारोबार(बिहीबार)को तुलनामा ३९ करोड ३८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बिहीबार बजारमा ७६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड २७ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१७८ रुपैयाँ रहेको छ ।

आइतबार दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९.९७ प्रतिशत र सेन्ट्रल फाइनान्स कम्पनीको ९.८८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

समग्रमा, आर्थिक वर्ष २०७४–७५ को लागि आईतबार सार्वजनिक गरिएको मौद्रिक नीति सेयर बजारप्रति निकै उदार र स्पष्ट रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।