logo

आइतबार सेयरबजारमा २४.७० अंकको गिरावट

    1134   पटक पढिएको

२८ जेठ / अर्थ र व्यापार-नयाँ सरकार गठन भएदेखि निरन्तर घटेको सेयरबजारमा गिरावट अझै पनि कायमै रहेको छ । आइतबार नेप्से २४ अंक बढीले ओरालो लागेको छ । समग्र परिसूचक घटेपनि गत विहीबारको तुलनामा कारोबार रकममा भने केहि सुधार आएको छ ।

 आइतबार सेयरबजारमा ७१ करोड बराबरको सेयर किनबेच भयो । कारोबार रकम गत विहीबारको तुलनामा २३ करोड बढीे हो । यसदिन बिहीबार १४६ कम्पनीका ११ लाख २३ हजार कित्ता शेयर ७१ करोड १३ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भए । 

पछिल्ला राजनैतिक घटनाक्रमले अझैपनि दोस्रो चरणको निर्वाचनमा राजपा सहभागी हुने सुनिश्चितता गर्न नसक्दा यसको प्रभाव बजारमा देखिएको हो । राजपा र सरकारबीचको वार्ता असफल भएको र राजपाले विरोधका नयाँ कार्यक्रम सार्वजनिक गरेपछि यसको नकारात्मक प्रभाव सेयर बजारमा देखियो र बजार ओरालो लाग्यो । तर बजार घटेको मौका छोपी सस्तो मूल्यमा सेयर उठाउन लगानीकर्ता लागेपछि कारोबार रकममा भने सुधार आएको हो ।

आइतबार नेप्से परिसूचक २४.७० अंकले घटेर १५९०.४९ अंकमा झरेको छ । बजार खुलेदेखि निरन्तर घटेको बजारमा बीचमा केही समालिन खोजेपनि अन्त्यमा दोहोरो अंकले घटेको हो । यसदिन कारोबारमा आएका होटल र उत्पादन बाहेक सबै समूह अगोरालो लागे ।

यसदिन सबैभन्दा बढी स्ट्यार्डड चाटर्ड बैंकको शेयर खरिद बिक्री भयो । बैंकको ७ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको हो । आइतबार पनि सबै भन्दा बढी आरएसडीसी लघुवित्तको सेयरमूल्य दश प्रतिशतकै हाराहारीमा बढेको छ । वल्र्ड मर्चेन्ट फाइनान्सका शेयरधनीले पनि नौ प्रतिशत बढी कमाए।

यसदिन एनएमबि बैंकको संस्थापक सेयर मूल्य सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । सेयरमूल्य घट्दा एनएमबिको संस्थापक सेयर पनि चार करोड बढीको किनबेच भयो । नेरुडे लघुवित्त, अरुण काबेली लगायतका कम्पनी धेरै गुमाउनेमा परे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।