logo

आइतबार सेयर बजारमा २.८९ अंकको गिरावट

    1057   पटक पढिएको


८ असोज / अर्थ र व्यापार – चाडबाडको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिएको छ । लगानीकर्ताको ध्यान शेयर खरिद बिक्रीमा भन्दा अन्यत्रै मोडिँदा बजारमा सूचकसंगै कारोबार रकममा उल्लेख्य गिरावट देखिएको छ । साताको पहिलो दिन आइतबार शेयर बजार २.८९ अंकले घटेर १५३६.९२ अंकमा ओर्लिएको छ । 

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ अंकले घटेर ३२२.११ अंकमा झरेको छ । चाडबाड लागेसंगै लगानीकर्ताको बजारमा चहल पहल घटेको छ । आइतबार कारोबार रकम र बजार दुबै घटेनुको कारण लगानीकर्ताले चाडबाडमा ध्यान केन्द्रित गर्नु हो ।

आइतबार १५० कम्पनीको नौ लाख ९१ हजार कित्ता शेयर ३१ करोड रुपैयाँमा खरिद बिक्री भयो । सबैभन्दा बढी एनसीसीबिको संस्थापक शेयर दुई करोड २२ लाख रुपैयाँमा खरिद बिक्री भयो ।

उपसूचक मिस्रित देखिएका छन् । आठ समूहको कारोबारमा चार समूहको सूचक घटेको छ भने चारै समूहको बढेको छ । बैंक ४.९८, ट्रेडिङ् १५.२९, विकास बैंक ५.७ र अन्य १.७३ अंकले घटेको छ ।

होटल ३७.६४, जलबिद्युत १.०८, फाइनान्स ४.२६, बीमा १०.१४ अंकले बढेको छ । आइतबार सबैभन्दा बढी बरुण हाइड्रोपावर कम्पनीका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । कुबेर मर्चेन्ट बैंकका शेयर धनीले करिब सात प्रतिशत गुमाए ।   

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।