logo

आइतबार शेयर बजारमा १६ अंकको गिरावट

    1577   पटक पढिएको

२१ जेठ / अर्थ र व्यापार-सुरुमै ओरालो लागेको शेयर बजार दुई बजेपछि केही सम्हालिन खोजे पनि टिकाउ हुन नसक्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर फेरि १६ अंकमुनि झरेको छ । 

कारोबारमा आएका अन्य बाहेक बाँकी सबै समूहमा आएको गिरावटले बजार ओरालो लागेको हो । कारोबारमा आएका अन्य बाहेक सबै उपसूचक घट्दा नेप्सेको कारोबार मापक सूचक १०.५ अंकले घटेर १५९३.८१ अंकमा झरेको छ । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.२७ अंकले घटेर ३३८.०७ अंकमा झरेको छ ।
 
आइतबार १४१ कम्पनीका नौ लाख ५० हजार कित्ता शेयर ५५ करोड ६७ लाख रुपैयाँमा खरिद बिक्रि भएको छ । आज सबैभन्दा बढी स्ट्यार्डड चाटर्ड बैंकको शेयर खरिद बिक्रि भयो। चाटर्डको चार करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको हो। कारोबार रकमकै आधारमा कुमारी बैंक दोस्रो स्थानमा। कुमारीको दुई करोड १३ लाख रुपैयाँको शेयर खरिद बिक्रि भएको हो।
 
आइतबार आठ समुहको कारोबार भएकोमा सात समुहमा गिरावट आएको छ। बैंकिङ ९.१९, होटल १५.५५, विकास बैंक ७.६९, जलबिद्युत ३०.६९, फाइनान्स १.०३, बीमा ९५.०६ र उत्पादन मुलक समूह १३.१ अंकले घटेका छन्। अन्य कम्पनी उससूचक भने ०.८६ अंकले बढेको छ ।
 
आज सबैभन्दा बढी आरएसडीसी माइक्रोफाइनान्स कम्पनीका सेयर धनीले करिब १० प्रतिशत कमाएका छन्।  सबैभन्दा बढी गुमाउने कम्पनीमा कर्णाली विकास बैंकका लगानीकर्ता परे। बैंकको शेयर मूल्य छ प्रतिशतले घटेको हो।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।