logo

बोर्डका अध्यक्षलाई शेयर बजारको स्वागत, नेप्से १६ अंकले बढ्यो, एक अर्ब बढी कारोबार

    1130   पटक पढिएको

२२ पुष / अर्थ र व्यापार - धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानालाई शेयर बजारले स्वागत गरेको छ । पूँजी बजारको नियामक निकाय, बोर्डले शेयर बजारका विज्ञलाई अध्यक्षको रुपमा पाएपछि त्यसको सकारात्मक प्रभाव मंगलबारको शेयर बजारमा परेको हो ।

कारोबार शुरु भएदेखि नै उकालो लागेको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा उल्लेख्य सुधार भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १६.२३ अंकले उकालो लागेर १२१६.९२ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.३५ प्रतिशतले बढेको हो भने गत चार महिना यताकै उच्चतम बिन्दु हो ।

मंगलबार मात्रै एक अर्ब १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जुन गत सात महिना यताकै उच्च कारोबार हो । गत जेठ १६ गतेको बजारमा करिब डेढ अर्ब रुपैयाँ बराबरको शेयर किनेबेच भएको थियो । मंगलबारको कारोबार रकम सोमबारको तुलनामा करिब २६ करोड रुपैयाँ बढी कारोबार भएको हो । गत सोमबार कूल ८४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

कूल १७९ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी माछापुच्छ्रे बैंकको शेयर किनबेच भएको छ । बैंकको एकैदिन १९ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । माछापुच्छ्रे बैंकसँगै अधिकांश वाणिज्य बैंकको शेयर कारोबारमा सुधार देखिएको छ । बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश सुरक्षित गरी शेयर बिक्री गर्न थालेपछि उनीहरुको कारोबार रकममा वृद्धि भएको हो ।

बढी कारोबार गर्नेको टप टेन लिष्टमा माछापुच्छ्रे सहित ७ वटा वाणिज्य बैंक रहेका छन् । जसमा एनआईसी एशिया, प्रभु, नेपाल क्रेडिट एण्ड कमर्शियल बैंक, एनएमबि, सिद्धार्थ र सानिमा बैंक रहेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।