logo

शिवम् सिमेन्टको शेयर बिक्रि आजबाट बन्द गरिने

    1205   पटक पढिएको

१४ फागुन /अर्थ र व्यापार - शिवम् सिमेन्टको आईपिओ बिक्री फागुन १४ गते मंगलबार बैंकिङ्ग समय पश्चात बन्द हुने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । सोमबारसम्म कम्पनीको शेयरमा आवश्यक आवेदन परेपछि मंगलबार आईपिओ बिक्री बन्द गरिने भएको हो ।

फागुन १३ गते सोमबार बेलुका सम्ममा सर्वसाधारण र स्थानीय गरि कूल एक अर्ब ४८ करोड १ लाख ५२ हजार रूपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सर्वसाधारण तर्फ ४६ हजार ४६ आवेदनबाट एक अर्ब ४० करोड ६४ लाख ३६ हजार रूपैयाँ बराबरको ४६ लाख ८८ हजार १२० कित्ता शेयर माग भएको छ । सर्वसाधारणमा अंकित मूल्य एक सय रूपैयाँमा २०० प्रिमियम सहित प्रतिकित्ता ३०० रूपैयाँका दरले ४१ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

यसैगरि स्थानीयतर्फ ७३६ करोड ७१ लाख ६० हजार रुपैयाँ बराबरको माग परेको छ । ७८५ आवेदनबाट ३ लाख ६८ हजार ५८० कित्ता शेयरमा आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटले जनाएको छ । मकवानपुरबासीका लागि कम्पनीले अंकित मूल्य एक सय रूपैयाँमा १०० प्रिमियम सहित प्रतिकित्ता २०० रूपैयाँका दरले ५ लाख ७९ हजार ६४० कित्ता शेयर निष्काशन गरेको हो । स्थानीयतर्फ भने २ लाख ११ हजार ६० कित्ता बिक्री हुन बाँकी छ ।

स्थानीयतर्फ बिक्री हुन बाँकी रहेपनि सर्वसाधारण तर्फ ५ लाख ६८ हजार १२० कित्ता शेयर अधिक माग भएकाले निष्काशन बन्द गरिएको हो । आईपिओमा सर्वसाधारण तथा मकवानपुरबासीले कम्तीमा ५० कित्ता तथा अधिकतम कित्ताको हकमा मकवानपुरबासीले ५ लाख ७९ हजार ६४० कित्ता र सर्वसाधारणले ४४ लाख कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ । इच्छुक लगानीकर्ताले मेरो शेयर सफ्टवेयर मार्फत आईपिओमा आवेदन गर्न सक्नेछन् भने यसका अलवा नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्य अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सबै शाखा कार्यालय मार्फत सि आश्वा प्रणाली मार्फत ७७ जिल्लाबाटै निवेदन दिन सकिने व्यवस्था रहेको छ ।

आयोजना प्रभावितले भने मकवानपुरबासी रहेको यकिन हुने नागरिकता वा जन्मदर्ताको प्रमाणपत्रका आधारमा सि आश्वा प्रणाली मार्फत निवेदन गर्न सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । इक्रा नेपाल लिमिटेडले कम्पनीको शेयरलाई क्रेडिट रेटिङ्ग ग्रेड ३ प्लस प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसत रहेको जनाउँछ। शिवम् सिमेन्टको आईपिओमा एनआईबिएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सिबिआईएल क्यापिटल लिमिटेडले शेयर प्रत्याभूति गरेका छन् । शिवम् सिमेन्टले फागुन ६ गते देखि वास्तविक कम्पनीको रूपमा सिमेन्ट उद्योगको रूपमा पहिलो पटक प्रिमियम मूल्यमा साधारण शेयर निष्काशन गरेको थियो। 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।