logo

शिवम सिमेन्टको शेयर बुधबार बाँडफाँड गरिने

    1375   पटक पढिएको

२० फागुन /अर्थ र व्यापार - शिवम सिमेन्टको आईपिओ बुधबार बाँडफाँड हुने भएको छ । शिवमले सर्वसाधारणलाई निष्काशन गरेको ४१ लाख २० हजार कित्ता र स्थानीय आयोजना प्रभावित मकवनपुरवासीलाई निष्काशन गरेको ५ लाख ७९ हजार ६४० कित्ता शेयर बुधबार विहान बाँडफाँड हुने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको शेयरमा सर्वसाधारण तर्फ ५१ हजार ८८२ आबेदनबाट ५१ लाख ८९ हजार ५६० कित्ताका लागि आवेदन परेको छ । यस्तै स्थानीय तर्फ १ हजार ८९७ जनाले ४ लाख ८५ हजार ३०५ कित्ताका लागि आवेदन दिएका छन् । स्थानीय तर्फ आवश्यक आबेदन नपरेपनि बाँकी शेयर सर्वसाधारणलाई वितरण गर्ने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

सर्वसाधारणमा अंकित मूल्य एक सय रूपैयाँमा २०० प्रिमियम सहित प्रतिकित्ता ३०० रूपैयाँका दरले ४१ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको हो । यसैगरि स्थानीयतर्फ मकवानपुरबासीका लागि कम्पनीले अंकित मूल्य एक सय रूपैयाँमा १०० प्रिमियम सहित प्रतिकित्ता २०० रूपैयाँका दरले ५ लाख ७९ हजार ६४० कित्ता शेयर निष्काशन गरेको हो ।

शिवम् सिमेन्टले फागुन ६ गते देखि वास्तविक कम्पनीको रूपमा सिमेन्ट उद्योगको रूपमा पहिलो पटक प्रिमियम मूल्यमा साधारण शेयर निष्काशन गरेको थियो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।