logo

शिवमको सेयरले बढायो कारोबार रकम, दिनभरीमा ९३ करोडको किनबेच, ४.२८ अंकले बढ्यो बजार

    1318   पटक पढिएको

२७ माघ / अर्थ र व्यापार - शिवम् सिमेन्टको सेयरमा लगानीकर्ता आकर्षित हुँदा समग्र कारोबार रकम सुधार देखिएको छ। दिनभरीमा १७५ कम्पनीको सेयर ९३ करोड २० लाख रुपैयाँमा किनबेच भएकोमा शिवम् एक्लैको १३ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ। 

शिवमको सेयर मूल्य पनि ४.२१ प्रतिशत अर्थात प्रतिकित्ता २२ रुपैयाँले बढेर ५४४ रुपैयाँ पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सोमबार सबैभन्दा बढि शिवमका लगानीकर्ता सक्रिय देखिएका थिए। शिवमको ९६६ पटक किनबेच भएको छ। जबकी दोस्रो सक्रिय लगानीकर्ता ग्लोबल आइएमइको ३०५ पटक मात्र कारोबार भएको छ।

शिवमको १ लाख १५ हजार ५२१ कित्ता सेयरको माग थियो भने आपूर्ति ६५ हजार ९५३ कित्ता भएको थियो। 

सुरुवातमा केही रातो देखिएको सेयर सूचक ४.२८ अंकले बढेर बन्द भएको छ। सूचक १३२४.२६ अंकमा बन्द भएको छ। सूचक १३३० अंक हाराहारीसम्म पुगेको थियो।

जलविद्युत, फाइनान्स, जीवन बीमा र सामूहिक लगानी कोष कम्पनीका सूचक रातो भएका छन्। बाँकी जम्मै सुचक हरियो भएको छ। बैंकिङ सूचक एक अंकभन्दा कमले बढेको छ। निर्जीवन बीमा कम्पनी, लघुवित्त र उत्पादन तथा प्रशोधन कम्पनीको सूचकले बजारलाई माथि लगेको हो। 

सिभिल लघुवित्तको सर्वा्धिक ८ प्रतिशतले बढेको छ भने एभरेष्ट बैंकको कन्भर्टिवल सेयर ७.३६ प्रतिशतले घटेको छ। यसपछि सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य घटेको छ। दिनभरीमा ५७ कम्पनीको सेयर मूल्य घट्यो भने १०० वटाको बढेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।