logo

एनएमबि बैंकको बिहीबारदेखि शेयर कारोबार खुल्यो, ओमका शेयरधनीलाई एक वर्षपछि राहत

    1216   पटक पढिएको

२१ कात्तिक ÷ अर्थ र व्यापार

एनएमबि बैंकको ओम डेभलपमेन्ट बैंकसँग मर्जर गरेर एकीकृत कारोबार थालेको करिब डेढ महिना पश्चात कार्तिक २१ गते बिहीबारदेखि नेप्सेमा शेयर कारोबार खुला भएको छ।

नेप्सेमा बुधबार ओमतर्फको १ करोड ९१ लाख १५ हजार ७९० कित्ता शेयर स्वाप रेसियो अनुसारको समायोजन गरि एनएमबि बैंकको नाममा सूचीकरण भएसँगै बिहीबारदेखि नेप्सेमा (साबिकको ओमका शेयरधनीको पनि) एनएमबि बैंकको नाममा शेयर कारोबार खुला भएको हो ।
नेपाल स्टक एक्सचेञ्जमा मर्जरपछि बिहीबारबाट दुबै बैंकको एनएमबि बैंकको नामबाट (ल्ःद्य) संकेतमा शेयर कारोबार खुलेको हो। मर्जरपश्चात बैंकको पहिलो शेयर कारोबारको लागी नेपाल स्टक एक्सचेञ्जले ३५१ रुपैयाँको कारोबार रेञ्ज प्रदान गरेको छ। सोहि रेञ्जलाई आधार मानेर बिहीबार बैंकको शेयर कारोबार खुल्नेछ ।

एनएमबि बैंकको ओम डेभलपमेन्ट बैंकसँग मर्जरमा जानुअघि प्रतिकित्ता ३८२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। उता ओम डेभलपमेन्ट बैंकको भने चौध महिनाअघि प्रतिकित्ता १९७ रुपैयाँमा शेयर कारोबार रोकिएको थियो ।

एनएमबि र ओम १०० बराबर ७६ अनुपात स्वाप रेसियोमा मर्ज गरेका हुन् ।जसअनुसार ओमको १०० कित्ता शेयर हुने लगानीकर्ताले एनएमबिको ७६ कित्ता शेयर पाएका छन् । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकले असोज ११ गते शनिबारदेखि एनएमबी बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका थिए ।

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज भएपछि बनेको विहीबारदेखि शेयर कारोबार खुल्ने भएको छ ।  उता मर्जर तथा प्राप्ति प्रक्रियाका संलग्न रहेको कारण चौध महिनादेखि शेयर कारोबार रोकिएको ओम डेभलपमेन्ट बैंकका शेयरधनीले पनि आफ्नो बन्धक सम्पत्तिको कारोबार गर्न पाउँदा राहत पाएका छन् ।

सुरुमा प्राइम बैकसँग प्राप्ती प्रकृयामा सम्झौता गरेसँगै ओम डेभलपेमन्ट बैंकको अन्तिम पटक ०७५ भदौ ३ गते नेप्सेमा कारोबार रोकिएको थियो। प्राइमसँगको सम्झौता सफल नभएपछि एनएमबिले ओमसँग गत जेठ २ गते मर्जर सम्झौता गरेको थियो। जेठ ५ गते कारोबार रोकिएको एनएमबि बैंकको भने साढे ५ महिना पश्चात कारोबार खुलेको हो ।

एकीकृत बैंकको चुक्ता पूँजी चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख रुपैयाँ पुगेको छ । बैंकमा नेदरल्याण्ड्सको एफएमओको २० प्रतिशत स्वामित्व रहेको छ । मर्जरअघि एनएमबी बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ र ओमको २ अर्ब ५१ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।