logo

अर्थमन्त्री नफेरिएपछि शेयर बजारमा ७ अंकको गिरावट

    1074   पटक पढिएको

 ५ मंसिर / अर्थ र व्यापार - अर्थमन्त्री नरुचाएको शेयर बजारले अर्थमन्त्रीको निरन्तरता सँगै बिहीबार शेयर बजार थप ओरालो झरेको छ । बुधबार प्रधानमन्त्री केपि शर्मा वलीले ९ जना मन्त्रीहरुलाई परिवर्तन गर्दा अर्थमन्त्री डा. युवराज खतिवडालाई भने निरन्तरता दिएका छन् ।

खतिवडा हट्ने समाचारले बढ्ने र निरन्तरता पाउने समाचारले घट्ने शेयर बजार बिहीबार कारोबार सुरु भएदेखि नै ओरालो झर्ने क्रममा ७.७४ अंकले झरेको छ ।

सूचक ११२०.६० अंकमा रोकिएको छ । सूचकमा आएको गिरावटले कारोबार रकम २९ करोड ७७ लाख रुपैयाँमा खुम्चिएको छ । व्यापार अन्य र म्युचुअल फण्डको सूचकमा सामान्य सुधार देखिए पनि बाँकी सूचक घटेका छन्।
बजारलाई असर पुर्याउने कुनै पनि नकारात्मक आर्थिक सूचक छैनन्। सूचीकृत कम्पनी सबैको नाफा लगभग बढ्दो क्रममा छ। नाफा बढाएका तथा राम्रो लाभांश घोषणा गरेका कम्पनीले पनि राम्रो मूल्य भने पाउन सकेका छैनन्।

बम्पर लाभांश घोषणा गरेको एनएमबी बैंकको अधिकतम कारोबार हुने क्रमले निरन्तरता पाएको छ। एनएमबीको मात्रै चार करोड ३० लाख रुपैयाँको खरिद बिक्री भएको छ।

त्यस्तै दोस्रोमा नेपाल बैंकको दुई करोड रुपैयाँको करोबार भएको छ । २२ वर्ष पछि २५ प्रतिशत लाभांश दिएपनि नेपाल बैंकको शेयर मूल्य भने बिहीबार थप तीन रुपैयाँले घटेर ३१४ रुपैयाँमा कारोबार भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।