logo

बार्तामा आउन शेयर लगानीकर्तालाई सरकारको आग्रह

    1595   पटक पढिएको

२८ मंसिर /अर्थ र व्यापार  - पूँजी बजार सुधारका लागि भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेपसे) कार्यालय अगाडि रिले अनशनमा बसेका लगानीकर्तालाई सरकारले बार्तामा बोलाएको छ । 

लगातार अनशनमा बसेका लगानीकर्तालाई सरकारले शुक्रवार बार्तामा बोलाएको पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए । वार्ताका लागि दबाब समूहका तर्फबाट उत्तम अर्याल, तारा फुलेल, दिपेन्द्र अग्रवाल, शुस्मा ढुङ्गाना र तिलक कोइराला सहभागी भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा कार्यदल बनाएका थिए । कार्यदलले आइतबार मन्त्री खतिवडालाई प्रतिवेदन बुझाउँदैछ ।

प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि कार्यदलका एक सदस्य मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीसँग आन्दोलनकारी वार्तामा गएका हुन् । लगानीकर्ताको तर्फबाट कार्यदलमा इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेले छन् । अहिले बार्ता चलिरहेको अर्यालले जानकारी दिए । गत आइतबारदेखि पूँजी बजारको सुधारका लागि १४ बुँदे माग राख्दै दबाब समूहले रिले अनशन गरिरहेको छ । माग पूरा नभए पुस १ गतेदेखि आमरण अनशन बस्ने चेतावनी दबाब समूहले दिएको थियो ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।