logo

शेयर खरिदमा बैशाखदेखि प्यान अनिवार्य गर्नेमा सरकार कटिबद्ध

    1351   पटक पढिएको

२४ फागुन /अर्थ र व्यापार - शेयर खरिदमा आगामी बैशाखदेखि प्यान अनिवार्य गर्नेमा सरकार कटिबद्ध देखिएको छ । बजेटको मध्यावधि समीक्षामा २०७६ बैशाख १ गते देखि शेयरखरिदकर्ताले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) पेश गर्नुपर्ने व्यवस्था रहेको उल्लेख छ । 

शेयर लगानीकर्ताहरुले पटक पटक शेयर खरिदमा प्यान अनिवार्य नभई ऐच्छिक गर्नुपर्ने माग गर्दे आन्दोलन र धर्ना गरेपनि सरकार भने आफ्नो निर्णयमा अडिग देखिएको छ । बजेटको मध्यावधि समीक्षामा लगानीकर्ताको माग सम्बोधन नभएकाले झन अन्योलता बढाएको छ । केहि समय अघि धितोपत्रबोर्डले सरोकारवालासँग गरेको छलफलमा लगानीकर्ताका माग सम्बन्धीत निकायमा पुर्याउने र शेयर खरिदमा तत्काल प्यान अनिवार्य नगराउन पहल गराउने बताएपनि बोर्डको सुझाब अर्थमा नपुगेको देखिन्छ ।

यस्तै बजेटको अर्धबार्षिक समीक्षामा शेयर बजारको विकास र विस्तारका लागि वैकल्पिक लगानी कोष नियमावली २०७५ तथा धितोपत्र सूचीकरण तथा करोबार नियमावली २०७५ स्वीकृत भैसकेको उल्लेख छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।