logo

नेप्से परिसूचक ९.१३ अंकले घट्दा १ अर्ब २२ करोड ५ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार

    986   पटक पढिएको

६ जेठ /अर्थ र व्यापार - आज शेयर बजारमा नेप्से परिसूचक ९.१३ अंकले घटेर १३७.७१ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज १ सय ७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता शेयर खरिदबिक्री भई १ अर्ब २२ करोड ५ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ९९ अंकले घटेर २ सय ७९ दशलमव ८० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार शिवम सिमेन्टको भएको छ । जसको कारोबार २५ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको भएको छ । जसको बजार मुल्य ५८८ रुपैयाँ रहेको छ ।यस दिन सर्वाधिक कमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९१ प्रतिशतले बढेको छ । मञ्जुश्री फाइनान्सको ९ दशमलव ७० प्रतिशत, सिन्धु विकासको ९ दशमलव २९ प्रतिशत, वेष्ट फाइनान्सको ९ दशमलव २८ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको ९ दशमलव ०९ प्रतिशतले बढेको छ । 

साथै सर्वाधिक गुमाउनेमा पाँचथर पावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ७ दशमलव ७६ प्रतिशतले घटेको छ । यस दिन ११ वटा उपपरिसुचकहरुमा २ वटा समूहहरु बढेका छन् भने ९ वटा समूह घटेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।