logo

सोमबार शेयर बजार ८.८४ अंकले उकालो चढ्यो

    1636   पटक पढिएको

२२ जेठ / अर्थ र व्यापार-सेयर  बजारमा सोमबार सुधार आएको छ । कारोबार सुरु भएदेखिनै लगातार बढेको शेयर बजार दोहोरो अंकले अगाडि बढेको थियो। अन्तिम समयमा दोहोरो अंक टिकाउ नभए पनि बजार ८.८४ अंक उक्लिएर रोकियो। नेपाली सेयर बजार सूचक नेप्सेले १६०० को विन्दुलाई मनोवैज्ञानिक तहको रुपमा परिक्षण गरिरहेको देखिन्छ ।

धेरै लगानीकर्ताहरुमा बजार १८८१ को सर्वा्धिक उचाई बनाएको नेप्सेले घट्न पर्ने जति घटेकोले १६०० बिन्दु मुनी आउन नपर्ने मान्यता राखेका छन् । त्यसबाहेक शून्य अंक समेटिने विन्दु मनोबैज्ञानिक बिन्दुको रुपमा समेत रहने गरेकोले पनि लगानीकर्ताहरुले यो बिन्दुलाई प्राथमिकताका साथ हेरिरहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक बढेपनि कारोबार रकम औसत देखिएको छ। साताको दोस्रो दिन १४९ कम्पनीको १३ लाख ९१ हजार कित्ता शेयर कारोबार भएको छ। दिनभरीमा ६२ करोड रुपैयाँमा खरिद बिक्रि भयो। 
 
सबैभन्दा बढि स्ट्यान्डर्ड चाटर्ड बैंकको ६ करोड रुपैयाँको शेयर खरिद बिक्रि भएको छ। कारोबार रकमकै आधारमा एसियन लाइफ इन्स्योरेन्स (सस्थापक) दोस्रो भएको छ। कम्पनीको  चार करोड ८० लाख रुपैयाँको शेयर खरिद बिक्रि भएको हो।
 
आज आठ समुहको कारोबार भयो। फाईनान्स समूह बाहेक सबै बढेको छ। बैकिङ १०, होटल ६.०७, विकास बैंक १०.९, जलबिद्युत ७.२७, बीमा १५.१, उत्पादन मुलक २१.६९ र अन्य ४.६३ अंकले बढेको छ। फाइनान्स ०.९५ अंकले घटेको छ।
 
आरएसडिसी लघुवित्तका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् भने सिनर्जी फाइनान्सका शेयरधनीले चार प्रतिशतले गुमाएका छन्।   
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।