logo

शेयर बजारमा २७.८८ अंकको गिरावट, सोमबार ४० करोड ३ लाख रुपैयाँ बराबरको कारोबार

    1489   पटक पढिएको

१६ पुस /अर्थ र व्यापार - गत साता ४९ अंकले बढेको शेयर बजार परिसूचकमा आइतबारपछि साताको दोस्रो दिन सोमबार पनि गिरावट आउँदा २७.८८ अंकको करेक्शन देखिएको छ । आइतबार दोहोरो अंकले घटेको नेप्से सूचकले सोमबार पनि निरन्तरता पाएको हो ।

शेयर बजारका लगानीकर्ताहरु स्थीर हुन नसक्दा र बजारमा अल्पकालीन कारोबारीको हाबीका कारण सूचक माथि जान खोजेपनि सकिरहेको छैन । बजार अलिकति माथि जाने वित्तीकै पाकेको नाफा सुरक्षित गर्नतर्फ लगानीकर्ताको जोडबल हुँदा सूचक निरन्तर दबाबमा पर्दै आएको छ । सोमबार पनि बजार परिसूचक नेप्से १७.२६ अंकले घटेर ११८७.२८ बिन्दुमा झरेको छ । साथै कारोबार रकममा पनि आइतबारको तुलनामा थप पाँच करोड ३९ लाख रुपैयाँले कमी आएको छ । बजार खुलेको करिब १४ मिनेट मात्र सकारात्मक रहेको बजार त्यसपछि माथि चढ्न सकेन र निरन्तर घट्दै उच्च अंकले घट्न पुग्यो । सोमबार १६७ कम्पनीका ११ लाख ७९ हजार ४३ कित्ता शेयर ४० करोड ३ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन् । आइतबार १०.६२ अंकले घटेको बजारमा ४५ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस दिन ‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सन्सेटिभ इन्डेक्स ३.८४ अंकले घटेर २५२.१७ बिन्दुमा झरेको छ । कारोबारमा आएका उपसूचक मिश्रीत देखिएका छन् । तीनवटा सूचकमा हरियाली छाएको छ भने सात सूचक ऋणात्मक बनेको छ । १० उप सूचक मध्ये उत्पादन तथा प्रशोधन, हाइड्रोपावर र फाइनान्स समुह सकारात्मक देखिए । सबै भन्दा धेरै उत्पादन तथा प्रशोधन समुहको ७.१३ अंकले बढेको छ । यस्तै हाइड्रोपावरको ६.९५ र फाइनान्स १.३९ अंकले सुधारिएका छन् ।

यस दिन सबैभन्दा धेरै निर्जीवन बीमा समुहको १६०.२३ अंकले घटेको छ । जीबन बीमा समुहको उप सूचक पनि १५३ अंकले ओरालो लागेको छ । यस्तै माइक्रोफाइनान्स २३.५८, होटल १९.२७, बैंकिङ्ग १४.९४, विकास बैंक १३, अन्य समुहको १०.४८ अंकले ओरालो लागेका छन् ।

सोमबार नेशनल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै रकमको शेयर कारोबार भएको छ । इन्स्योरेन्सको २ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै नेपाल बैंक लिमिटडको २ करोड ३८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ३१ लाख, छिमेक लघुवित्तको १ करोड ९७ लाख र एनएमबी बैंकको १ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स, नागरिक लगानी कोष, प्राइम लाइफ इन्स्योरेन्सको एक करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यस्तै एनसीसी बैंकको ९८ लाख र मेगा बैंकको ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।