logo

सिईओ प्रकरणसंगै सुस्तायो वजार, सोमवार शेयर वजारमा १७.९६ अंकको गिरावट

    1175   पटक पढिएको


२५ आषाढ/अर्थ र व्यापार– गत सोमबारदेखि शेयर बजारलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याउने तयारी गरेको भन्दै एक सातामा ४५ अंकले बढेको शेयर बजार हिजो र आज एकाएक घटेको छ । 

नेपाल सरकारले नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई हटाएर अर्थ उपसचिव रमेश अर्याललाई स्टक एक्सचेन्जमा नियूक्ती गरेपछि सोमवार शेयर वजार १७.९६ अंकले घटेको हो ।   

खुला प्रतिस्पर्धाबाट नियुक्त भएका निवर्तमान सिइओ चन्द्रसिंह साउद लगानीकर्ताप्रति केही उत्तरदायी देखिने क्रममै हटाएर अर्थमन्त्रीले आफ्नो प्रतिनिधि पठाउँदा लगानीकर्ता आत्तिएको बजार विश्लेषकहरुले बताएका छन् ।

सोमबार शेयर बजार सूचक १.४७ प्रतिशतले तल झरेपनि कारोबार रकम भने ४१ करोड ८ लाख रुपैयाँको भएको छ।व्यापार र उत्पादन तथा प्रशोधनको उपसूचक उकालो लागेपनि अन्य सम्पूर्ण सूचक तथा उपसूचक घटेका छन् ।

सोमबार लगानीकर्ताले आत्तिएर शेयर बेच्दा सूचक धेरै नै ओरालो लाग्दा पनि कारोबार रकम भने केही बढेको छ । 

आज सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्स कम्पनीको १४ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ। कन्काइ विकास बैंकका शेयरधनीले सबै भन्दा धेरै ४.६९ प्रतिशतले कमाएका छन् भने साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका शेयरधनीले ६.६६ प्रतिशतले गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।