logo

डा. खतिवडाद्वारा कार्यदल गठन गरेसँगै शेयर बजारमा सुधार

    1215   पटक पढिएको

२४ मंसिर/ अर्थ र व्यापार - अर्थमन्त्री डा. युवराज खतिवडाले मुद्रा र पूँजी बजारको समस्या समाधान गर्न कार्यदल गठन गरेपछि शेयर बजारमा सुधार देखिन थालेको छ । आइतबार जस्तो सोमबार पनि बजारमा दोहोरो अंकको बृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १२.४९ अंकले बढेर ११४४.१९ अंकमा उक्लिएको छ । सरकारले मुद्रा र पुँजी बजारमा देखिएका समस्याबारे अध्ययन गर्न समिति बनाएका कारण बजार बढ्न टेवा पुगेको इन्भेष्टर फोरमका महासचिब राजन लम्सालले जानकारी दिए । उनका अनुसार कार्यदल गठनपछि लगानीकर्ताको मनोबल बृद्धि हुँदा शेयर सूचक बढेको हो ।
दिनभरीमा १६३ कम्पनीका १२ लाख ६४ हजार कित्ता शेयर ४३ करोड ६७ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैकको पाँच करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बैंकले ४० प्रतिशत लाभांस प्रस्ताब गरेका कारण बैकको शेयर खरिद बिक्री बढी भएको हो ।  उपपूचक मिस्रित देखिएको छ । १० समूहको कारोबारमा उत्पादनमूलक र अन्यका उपसूचक घटेका छन् भने बाँकि सबै समूह बढेका छन् । सबैभन्दा बढि जीबन बिमा समूह १.९७ प्रतिशतले बढेको छ र अन्य ०.३९ प्रतिशतले घटेको छ ।

रैराङ् हाइड्रोपावरका शेयरधनीले करीब आठ प्रतिशत कमाएका छन् भने महिला सहयात्रा माइक्रोफाइनान्सका शेयरधनीले करिब सात प्रतिशत गुमाए । 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।