logo

अर्थमन्त्री डा. खतिवडाको राजीनामा माग गर्दै अनसन, आज दोस्रो दिन पनि जारी

    1077   पटक पढिएको

२४ मंसिर/ अर्थ र व्यापार -  शेयर बजारका लगानीकर्ताले आफ्नो रिले अनसनलाइ दोस्रो दिन पनि निरन्तरता दिएका छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिनुपर्ने भन्दै अनसनमा बसेका उनीहरु अहिले यो मागबाट भने पछि हटेका छन् । 

‘उहाँको राजीनामाले माग पुरा हुने होइन । यो माग पुरा भयो भने किन राजीनामा गर्नुपर्यो’ , दबाब समूहका संयोजक हरि ढकालले भने । आइतबारदेखि सुरु भएको रिले अनशन दोस्रो दिन सोमबार बिहान १० बजे बाटै सुरु भएको ढकालले जानकारी दिए । उनले माग पुरा नभएसम्म आन्दोलन भने चलिरहने बताए ।

ढकालले भने ‘हामीले राखेका माग कि नाजायज हुन् भनेर भनिदिनुपर्यो यदि हाम्रा माग जायज छन् भने सम्बोधन हुनुपर्छ ।’ 
शेयर बजारका सुधारको लागि राखिएका मागहरू केही दिन अघि नेपाल धितोपत्र बोर्डमा दिइएको जानकारी दिँदै उनले ती माग सम्बोधन गर्नुपर्ने बताए। ’हामीले राखेका माग अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक कसले पुरा गर्ने हो तिनीहरूलाई निर्देशन दिनु पर्योत,’ उनले भने । माग पुरा गर्न सक्नुहुन्न भने उहाँ पछि हट्नुपर्ने उनले बताए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।