logo

शेयर बजारमा सामान्य गिरावट, ६५ करोड ३ लाख बराबरको कारोबार

    1041   पटक पढिएको

२२ बैशाख /अर्थ र व्यापार - आइतबार नेप्से परिसूचक १६.७१ अंकले घटेर १२७७.६८ अंकमा ओर्लिएको छ । १७५ कम्पनीका २३ लाख १२ हजार ५३० कित्ता शेयरहरु ६५ करोड ३ लाख रुपैंयामा किनबेच भएका छन् । अघिल्ला दिनहरुको तुलनामा कारोबार रकममा फराकिलो अन्तरले गिरावट आएको हो । वाणिज्य बैंक समुहमा आएको १६.०२ अंकको गिरावट नै बजार ओरालो लाग्नुको मुख्य कारक बनेको छ । जीवन बीमा समुहमा १२७.०२ अंकको गिरावट आएको बजारमा जलविद्युतमा ५३.८८, लघुवित्तमा २५.८७, निर्जीवन बीमामा २४.७३, होडलमा १९.६१, विकास बैंकमा १७.४४ र वित्त समुहमा २.४ अंकको गिरावट आएको छ ।

उत्पादन समुहमा २०.८ अंकको सुधार आएको बजारमा अन्य समुह १.१२ अंकले उकालो लागेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ३.८६ अंकले घटेर २७३.९६ अंकमा ओर्लिएको छ । सूचीकृत कम्पनीहरुले चालु आर्थिक वर्षको वित्तीय विबरण निकाल्ने क्रम तिब्र गतिमा चल्दै गर्दा लगानीकर्ताले कम्पनीहरुको प्रगति आँकलन गरिसकेका छन् । जसको सिधा असर बजारमा देखिएको हो । आइतबार वाणिज्य बैंकहरुको शेयरमा अधिक कारोबार चाप देखिएको छ । अधिक शेयर कारोबार हुने शिर्ष १० कम्पनीको सूचीमा ८ वाणिज्य बैंक परेका छन् ।

मल्टिपर्पोज फाइनान्स, युनाइटेड फाइनान्स, शिवम सिमेन्ट लगायत कम्पनीहरुको शेयर मूल्य धेरै बढेको बजारमा चिलिमे हाइड्रो, अरुण भ्याल्ली हाइड्रो, एभरेष्ट इन्स्योरेन्स लगायत कम्पनीको शेयर मूल्य धेरै घटेको छ । आइतबार बजारमा तिब्र गिरावट देखिँदा पनि २७ कम्पनीहरुको शेयर मूल्य बढेको छ ।बैंकहरुको व्याजदरमा गिरावट नआउनुले बजारलाई सबैभन्दा धेरै असर पारिरहेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने समय नजिकिँदै गर्दा लगानीकर्तामा उत्साह देखिए पनि ढुक्क हुन सकिरहेका छैनन् । सरकारी खर्च अपेक्षित नभएका कारण उत्पन्न अवस्थाका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा पुगेका हुन् ।

अर्कातिर बजार प्रवेश गरेका भनिएका ठुला तथा संस्थागत लगानीकर्ताहरुले नाफा सुरक्षित गर्ने क्रम तिब्र बनाएको बुझिएको छ । जसका कारण सूचकसँगै कारोबार रकममा पनि गिरावट आईरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।