logo

शेयर बजार पुनः १२०० अंक तल, ‘बैंकको मार्जिन कलले लगानीकर्ता आतंकित’

    1325   पटक पढिएको


१२ आषाढ/अर्थ र व्यापार– मंगलबार शेयर बजार १२ सय अंकबाट तल झरेको छ। मंगलबार कारोबार सुरु भएदेखि नै घट्न थालेको शेयर बजार अन्तिम ३० मिनेटमा मात्रै थप ६ अंकले ओरालो झर्दा नेप्से सूचक ११९४.८० विन्दुमा रोकिएको छ। मंगलबार एकै दिन १५ अंकले बजार ओर्लिएको हो। 
गत चैतमा शेयर बजार १२ सयबाट तल झरेपछि पुनः उकालो लागेको थियो। नयाँ बर्षको दोस्रो साताबाट झर्न थालेको बजार मंगलबार फेरि १२ सय अंक तल आएको हो। 
बजार घट्न थालेपछि शेयर धितो कर्जा लिएका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले मार्जिन कल गर्न थालेपछि सुचक थप झर्न थालेको हो। 
मंगलबार शेयर बजारमा २२ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ। कारोबार रकम सोमबारको तुलनामा केही बढे पनि बजारका सबै उपसूचक घटेका छन्। 
सबैभन्दा धेरै होटलको उपसूचक २.८६ प्रतिशले घटेको छ। सबैभन्दा धेरै कारोबार भएको नबिल बैंकको संस्थापक शेयर एक करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ। १५८ वटा कम्पनीको कारोबार हुँदा जम्मा ९ वटा कम्पनीका शेयरधनीले मात्रै कमाएका छन्।

 मंगलबार सबैभन्दा धेरै आरम्भ माइक्रोफाइनान्सका शेयरधनीले ४.७९ प्रतिशतले कमाएका छन् भने सप्तकोशील डेभलपमेन्ट बैंकका शेयरधनीले ७ प्रतिशतले गुमाउँदा बजार मूल्य ११५ रुपैयाँमा झरेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।