logo

शेयर बजारमा झिनो अंकको सुधार, २२ करोड भन्दा बढीको कारोबार

    1102   पटक पढिएको

२१ फागुन /अर्थ र व्यापार  - मंगलबार नेप्से परिसूचक २.०६ अंकले बढेर ११०२.६४ अंकमा पुगेको छ । आज १७४ कम्पनीको साडे २२ करोड बढीको कारोबार भयो । केहि दिन यता एघार सय अंकको वरिपरि घुमेको नेप्से मंगलबार एक समय घटेर १ हजार ९८ अंकसम्म झरेको थियो । तर बजार बन्द हुने समयसम्म आइपुग्दा सामान्य सुधार आएको हो ।

शेयर बजार ११ सय अंकको मनोवैज्ञानिक रेखामा रहेकाले पनि लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा बसेको रहेका छन् । जसले गर्दा कारोबार रकममा तिब्रता आउन सकेको छैन् । यसदिन १७४ कम्पनीको २२ करोड ५२ लाख रुपैयाँ बढीको शेयर कारोबार भयो । दिनभर बजारमा ७ लाख ३३ हजार ४२२ कित्ता शेयर खरिदबिक्री भए ।

कारोबारमा आएका व्यापार र अन्य बाहेक सबै समूहका सूचक सकारात्मक रहेपछि नेप्से सूचक बढेको हो । यसदिन एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर सबैभन्दा बढी कारोबार भयो । एशियन लाइफको प्रतिकित्ता ५४० रुपैयाँमा २ करोड २६ लाख १६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता १ हजार ५६ रुपैयाँमा १ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र सेन्ट्रल फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस्तै सिन्धु विकास बैंक र घलेम्दी हाइड्रो लिमिेटडका लगानीकर्ताले गुमाएका छन् ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।